साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आनन्ददेव भट्ट र नमुना शर्मा पुरस्कृत

Nepal Telecom ad

काठमाडौं ०७२, भदौ ५ । साहित्य सन्ध्याले आयोजना गरेको विशेष समारोहमा वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट र कलाकार नमुना शर्मालाई सम्मान एवम् पुरस्कार अर्पण गरियो । भट्टलाई साहित्य सन्ध्या मन पुरस्कार २०७१ र शर्मालाई साहित्य सन्ध्या पुरस्का २०७१ ले पुरस्कृत गरिएको हो ।

त्यसै गरी राजधानीमा साहित्य सन्ध्याको प्रारम्भ हुँदादेखि हालसम्मका अविश्रान्त अभियन्ता वासुदेव अधिकारी र वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम। लिखत पाण्डे, डा.पुरा सेढार्इँ र मित्रलाल पंज्ञानीलाई पनि सम्मानपत्र र दोसल्ला अर्पण गरी सम्मान गरिएको थियो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहका मुख्य अतिथि सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डित हुनु हुन्थ्यो भने विशिष्ट अतिथिमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनु हुन्थ्यो ।

समारोहमा स्रष्टाहरू वासुदेव अधिकारी, पूर्ण विराम, लिखत पाण्डे, डा.पुरा सेढाईँ र प्रगतिशील लेखक सङ्घका महासचिव मित्रलाल पंज्ञानीले आआफ्ना कविता वाचन गर्नु भएको थियो ।

पुरस्कृत कलाकार तथा साहित्यकार नमुना शर्माको व्यक्तित्व तथा कृतित्वका बारेमा प्राज्ञ एवम् स्रष्टा चयन समितिका संयोजक अमर गिरीले प्रकाश पार्नु हुँदै मोफसलमा बसेर र पारिवारिक प्रतिकूलताका बाबजुद नेपाली प्रगतिवादी साहित्यको उत्थानमा सम्पूर्ण रूपले समर्पित रहेकी नमुनाले जनवादी गीत गायनका माध्यमबाट मेची–महाकाली जागरण अभियानमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको बताउनु भयो ।

सम्मानित वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको व्यक्तित्वमाथि प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्रकाश पार्दै भट्ट चर्चित कविता सङ्ग्रह, सशक्त वैचारिक निबन्ध, प्रखर एवम् निडर समालोचना लेखी नेपाली प्रगतिवादी साहित्यमा विशिष्ट योगदान गर्नु भएको उल्ले गर्नु भयो ।

समारोहमा साहित्य सन्ध्याले हालसम्म ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरेका ३२ जना स्रष्टा र ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ प्राप्त गर्नु हुने दुई जनाको परिचय समेटिएको पुस्तकको दोस्रो संस्करण लोकार्पण गरिएको थियो । देवी नेपालले तयार पार्नु भएको उक्त पुस्तक मन्त्री लालबाबु पण्डितले घुम्टीखोली गर्नु भयो ।

पुरस्कृत स्रष्टा नमुना शर्माले ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानिता हुँदा आफूलाई गौरव अनुभूति भएको र थप जिम्मेवारी बढेको महसुस भएको बताउँदै सुन्दर गीति सिर्जना प्रस्तुत गर्नु भयो । सम्मानित व्यक्तित्व एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टले जनस्तरको स्पष्ट जिम्मेवारी बोध गरी सामाजिक रूपान्तरण अभियानको सोद्देश्यमूलक यात्रामा रहेको संस्थाद्वारा स्थापित ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्राप्त गर्नु नै गौरवको कुरा हो भन्नु भएको थियो ।

प्रमुख अतिथि सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितले सामाजिक–सांस्कृतिक रूपान्तरणको कुरा गर्न जति सजिलो छ तर त्यसलाई आफैँबाट व्यवहारमा उतार्न भने कठिन रहेको हुँदा यसको अगुवाइ कसै न कसैले गर्नै पर्ने हुन्छ भन्नु भयो । ‘हामी नेपाली सबै एकजुट हुनु पर्छ र देशलाई समृद्धितर्फ, अनुकूलतातर्फ लैजानु पर्छ, त्यसनिम्ति तपाईँ साहित्यकारहरू लागि रहनु होस्’ पण्डितले भन्नुभयो ।

विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले सम्मानित स्रष्टाहरूलाई हार्दिक बधाई दिनु हुँदै एक जना व्यक्ति सज्जन भइ दिँदा राष्ट्र बन्छ तर दुर्जनका हातमा देश पर्दा बर्बाद हुन्छ भन्नु भयो । ’सिङ्गो देश र जनतालाई आफ्नो नठान्ने नेता कसरी देशको नेता हुन सक्छ ? हामी स्रष्टाले निष्ठावान् भई कलम चलाउने हो भने अन्ततः देश समुन्नत हुन्छ, हामी हाम्रा लेखनीका माध्यमबाट अखण्डताका पक्षमा र विखण्डनका विरुद्धमा लागि रहौँ’ प्रश्रितको कथन थियो ।

सभाध्यक्ष राम विनयले सासहत्य सन्ध्याको करिव ३५ वर्षीय इतिहास स्मरण गर्दै सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x