साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गीत सङ्गीतले एकतावद्ध बनाउँछ

Nepal Telecom ad

काठमाडौँ, ८ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशूर शेर्पाले मुलुकमा रहेको विविधतालाई गीत तथा सङ्गीतले एकतावद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री शेर्पाले गीत तथा सङ्गीतको कुनै सीमा नहुने र यसले संसारका मानिसलाई एकतावद्ध गर्न सक्ने बताउनुभयो । उहाँले विभिन्न जाति तथा समुदाय र संस्कृतिले सजिएको देशमा सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिँदै परम्परागत धरोहरलाई जीवन्त राख्ने गीत सङ्गीतको सिर्जना गर्न स्रष्टालाई आग्रह गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीले अनेकौँ जाति तथा नश्लमा विभक्त नेपाली समाजमा अहिले एकताको खाँचो रहेको बताउँदै सबैका मन छुने गीत सङ्गीतले विविधताभित्रको एकतालाई सुदृढ गर्ने बताउनुभयो ।
कलाकार बिमाकुमारी दुरा, गोविन्द गिरीलगायतले सबै जाति समुदायका भाषा तथा संस्कृतिलाई संरक्षण गर्न सरकारले एउटा अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरिवल्लभ नेपालले मुलुकका प्राचीन संस्कृति तथा परम्परागत मूल्य मान्यतामा आधारित भई सिर्जना गर्नुपर्नेमा जोड दिँदै त्यसले आगामी पुस्तालाई प्राचीन महत्वको बोध गराउने बताउनुभयो ।

उक्त कार्यक्रममा मञ्जु गौतम, सुनिता गुरुङ, उमा श्रेष्ठ र अमृता लुङ्गेली मगरका तीजसम्बन्धी गीति क्यासेट विमोचन गरिएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x