साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दैबन्द

Nepal Telecom ad

हिजो बाहिर निस्केको बन्द रहेछ,
आज भित्र छिरेको बन्द रहेछ ।
कहिले नाका बन्द रे,
कहिले रासन बन्द रे
मुख कहिले बन्द गर्ने ?

यता, हर्केको स्वास्नी भीरबाट लडी,
नेपाल बन्द भो ।
उता, बिर्खेको भाइले आत्महत्या ग¥यो,
नेपाल बन्द भो ।
वल्लो डाँडामा डँढेलो लाग्यो,
नेपाल बन्द भो ।
पल्लो गाउँमा घरझगडा भो,
नेपाल बन्द भो ।

काम नपाएर बन्द गरे,
रोजगारीको निम्ति सरकारी आलटालमा बन्द गरे,
वार्ता हुने दिन बन्द भो,
काम मिलेको खुसीयालीमा बन्द भो,
काम धेरै भएर बन्द भो,
तलब कम भएर बन्द भो ।

फलाना पार्टीको विरोध,
तिलाना पार्टीको बन्द,
हर देशको बन्द, प्रदेशको बन्द, मधेशको बन्द,
बन्दै बन्द ।
अरुको आङको जुम्रा हेर्नुभन्दा पहिले
आफ्नो आङ्को जुम्रा लखेट मित्र ।

तिमी बन्दमा हिँडिरहेछौ,
बरु बन्द गर, तिम्रो नाक
सिंगान चुहिरहेछ ।
बन्द गर, पाइन्टको सिक्री
खुलिरहेछ ।
के बन्द गर्छाै बाटो ?
सुते पनि बन्द, उठे पनि बन्द,
खाली बन्दै बन्द ?

बरु देशै बन्द गर तर संविधान देऊ,
बन्द गर तर अधिकार देऊ,
बन्द गर तर रोजगारी देऊ,
के तिमीले जन आन्दोलनको घाइते चिनेका छौ ?
चिनेको भए
लौ त्यसको खुसियालीमा भोलि बन्द गर त
सक्छौ ? सक्छौ भने
बन्द गर, अत्याचार,
बन्द गर भ्रष्ट्राचार,
वैदेशिक चलखेल बन्द गर,
सीमानाको हस्तक्षेप बन्द गर ।

म पनि जन आन्दोलनको घाइते,
रेडियोले मेरो नामै फुकेन ।
भोलि म पनि बन्द गरिदिन्छु । रेडियो … ।

सोच्नु जरुरी छ, अब देशको बारेमा,
बुझ्नु जरुरी छ परिवेशको बारेमा,
भरियाहरूको स्थिति हेर,
मजदुरहरूको परिवार हेर,
रोइरहका टुहुरा हेर,
सुकुम्बासीका टहरा हेर ।
तिमीलाई के छ र मित्र
मात्र रमाइलो बन्द ?

काम गर्नै नदेऊ बरु,
शहरबाट लखेट सबैलाई गाउँतिर
रोजगारी फिर्ता लैजाऊ,
याद राख
भोली भोकले तिम्रो मुख
सदाको लागि बन्द हुनेछ ।
अनि मनाऊ,
खुसीले मनाऊ, बन्दै बन्द… ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x