साधुराम खड्काखुर्पाको बिँड
बिग्रेको मान्छे म भत्केको चाल भो
सुखी थियौ जीवनमा मबाटै तनाब शुरू भो
सङ्गत गर्यौ मेरै, तिम्रो जीवन बबाल भो
चिसो थिएँ म हालत तिम्रो पानी पानी भो
कुर्थें म सधैं उनलाई, पेशा मेरो कुरन्ते भो
माथि आकाश तल भूईं निं छ भन्ने पनि
तिमीलाई कहिल्यै भेउ नहुने भो !
छ कोही निस्वार्थ माया गर्ने तिमीलाई
त्यो माया कौवालाई बेल झै हर्ष न बिस्मात भो
पर्खेर बस्दिन म बैगुनीलाई मेरो माया धेर भो
बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































