साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको अठ्तिसाैँ सिर्जना यात्रा

Nepal Telecom ad

संस्कृति, कला र साहित्यको संबद्र्धनमा क्रियाशील साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठानले गत शनिबार आफ्नो अठतीसाैँ सिर्जना वाचन शृङ्खला एडमार्क कलेजकाे कलङ्कीकाे सभाकक्षमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम । त्यसै गरी अतिथिका रुपमा मञ्चमा आसिन हुनुहुन्थ्यो ज्याति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह तथा चितवनका स्रष्टा पुष्प अधिकारी अञ्जली । संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलको संक्षिप्त स्वागत मन्तव्यपछि कार्यक्रमले औपचारिक रुप लिएको थियो । आरम्भमा संस्थाका उपाध्यक्ष शिक्षाविद् रमेशप्रसाद गौतमद्वारा लिखित पछिल्लो कृति ‘नेपालमा शिक्षा र संघीयता’को विमोचन प्रमुख अतिथि लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । लोकार्पित पुस्तकमाथि बोल्नुहुँदै
स्रष्टा हरि खनाल र भुवनहरि सिग्देलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नवप्रवेशी तथा स्थापित सबै खाले साहित्यिक स्रष्टाहरूद्वारा आआफ्ना सिर्जना प्रस्तुत गरिएको थियो । यसरी आफ्ना सिर्जना प्रस्तुत गर्नुहुने स्रष्टाहरूमा लक्ष्मीप्रसाद मिश्र, कृष्णप्रसाद घिमिरे मैदेली, राहुल कार्की, युकेश बस्नेत, अश्मि कुँवर, सुजना धरेल, जगत अनमोल, जलन समर्पण, प्रभा अधिकारी, जनार्दन धड्कन अधिकारी हुनुहुन्थ्यो । त्यसै गरी रविन भुर्तेल, जनकराज अधिकारी, सुरक्षा भट्टराई, श्यामबहादुर भावुक, अनीता भण्डारी, सोमपीडित गतौँला, विनोद कोइराला, ठाकुरप्रसाद प्रधान, सुशन प्रधान, जोश्ना पौडेल, सोझो गाउँले, यदुनाथ वसन्तपुरे, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, दुर्गा रिमाल अधिकारी, तर्कना शर्मा, सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, विष्णा विरही, कमला रिसाल ज्योति, सीता प्याकुरेल, उदास कार्की, डा. जीवन अधिकारीले पनि आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो । सिर्जना प्रस्तुत गर्ने अन्य स्रष्टाहरूमा रुद्र अधिकारी, पुरुषोत्तम सिग्देल, केशवराज अर्याल, विजयध्वज थापा, हरि खनाल, भुवनहरि सिग्दृल, विनुबाबा घिमिरे, खगेन्द्र खोल्साघरे, श्रीधर पौडेल, जगदीश्वर पोखरेल, मणिराज सिंह, जीतु खड्का, पुष्प अधिकारी अञ्जली, भगवती रोका भूमिका लगायत हुनुहुन्थ्यो ।

प्रमुख अतिथि प्रा. डा. लक्ष्मणप्रसाद गौतमले मन्तव्यका क्रममा साहित्यका अन्य विधाभन्दा कवितामा अद्भूत शक्ति हुनेहुँदा कविता बुझ्न गम्भीर पठनको खाँचो पर्नेकुरा आँैल्याउनुभयो । वाचित कविताहरूका सम्बन्धमा संक्षिप्त टिप्पणी गर्नुहुँदै उहाँले विशेष गरी नव सर्जकहरूको उत्साहजनक सहभागिताप्रति लक्षित गर्दै भन्नुभयो—योकाव्यिक जोस कहिल्यै नघटोस् । कार्यक्रममा भक्ति, शृङ्गार, वर्तमान करुणा त्रासदी, देशका दुखाइजस्ता विषयहरू विम्बका माध्यमबाट प्रस्तुत भएका थिए । संस्थाका उपाध्यक्ष भगवती रोका भूमिकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालनमा हुनुहुन्थ्यो सचिव जीतु खड्का ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x