सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुरभिको ६० औँ शृङ्खला

Nepal Telecom ad

२०७२ भाद्र १९ गते शनिबार सुरभि साहित्य प्रतिष्ठानको ६० औँ शृङ्खला सम्पन्न भयो । प्रतिष्ठानको अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा हरिहर खनाल प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिमा कणाद महर्षि, कलाधर काफ्ले, रामबहादुर पहाडी, युवराज मैनाली, श्रीहरि फुयाल र शालग्राम अधिकारी हुनुहुन्थ्यो ।

प्रकाश बस्नेत गफाडी, लिलाराज दाहाल, रामचन्द्र दाहाल, प्रमोद प्याकुरेल, कुसुम शर्मा, शालिग्राम अधिकारी, कलाधर काफ्ले, श्रीहरि फुयाल, युवराज मैनाली, रामबहादुर पहाडी र कणाद महार्षि समेत ११ जना कथाकारहरूले कथा वाचन गरेको यस कार्यक्रममा हरिहर खनालले भर्खरै प्रकाशित कथा सङ्ग्रहबाट एउटा मिठो कथा सुनाउनु भएको थियो । रामबहादुर पहाडीले प्रताप अभयको हिन्दी कथालाई अनुवाद गरी वाचन गर्नुभएको थियो । प्रतिष्ठानका कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको यस कार्यक्रममा वाचित कथाहरूमाथि उपाध्यक्ष परशुराम पराशरले समीक्षा गर्नुभएको थियो ।

प्रतिष्ठानका आजीवन सदस्य प्रदीपरत्न शाक्यले आफ्नी आमाको नाममा ‘लक्ष्मीदेवी साहित्य शिल्पा’ पुरस्कारको घोषणा गर्नुभयो । आगामी मङ्सिर महिनाको कार्यक्रममा दिइने उक्त पुरस्कारका लागि सुरभि साहित्य प्रतिष्ठानले कार्तिक मसान्तसम्ममा प्रतिष्ठानमा कथा आइपुग्नुपर्ने गरी कथाको आह्वान गरेको छ । प्राप्त कथामध्ये छनौट गरी दसओटा कथा वाचन गराई उत्कृष्ट एउटालाई पुरस्कृत गरिने गरी पुरस्कारको स्थापना गरिएको हो ।

प्रतिष्ठानका सचिव अच्युत घिमिरेको उद्घोषण रहेको यस कार्यक्रममा अतिथिहरूले कार्यक्रमको सराहना गर्दै आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।
–पराजुली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad