साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुनामदन !

Nepal Telecom ad

देश उही छ
परिवेश उस्तै छ
महत्व धनकै छ
तर प्रेम फेरिइसक्यो
प्रेमीहरू फेरिइसके !
आजकाल मदनहरू
खाडीमा रमाउँछन्
अनि मुनाहरूलाई पराईले
गाडीमा घुमाउँछन् !
त्यो दिलदार भोटे
भेटिँदैन परदेशमा
आत्मीयताको प्यास
मेटिँदैन परदेशमा
बरू आफ्नाबाटै
आफ्नाहरू लुटिन्छन्
कुटिन्छन्, पिटिन्छन् !
दिलहरू
पत्थरबाट बन्छन्
र त सानो र गहु्रुङ्गो दिल
ठूला हुँदैनन् आजकाल
बरू जातहरूका आवाज
ठूला सुनिन्छन्
र त मानिसहरू
जात, धर्म र सम्प्रदायले
ठूला पल्टँदैछन् !
माफ गर्नुस् महाकवि
तपाईँको मदन अर्कै भैसक्यो
तपाईँकी मुना फेरिइसकी
तर आज पनि
पहिलेझैँ वियोग छ
मुनामदनको
आँसुको सागरमा हैन
अदालतमा
मृत्युको पीडामा हैन
सम्बन्ध विच्छेदको मुद्दामा !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x