साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देशको तस्विर

Nepal Telecom ad

मैले पाठ सिकाउँदै अघि बढेँ चेपाङका गाउँमा
मैले अक्षर क्रान्तिका छरिदिएँ तामाङका नाउँमा
सेर्पा लिम्बु किराँत या गुरूङका छानाहरूमा पसी
मैले शंख निकै फुके दलितका छाप्राहरूमा बसी ।

मैले जात र भातका बिषयमा शिक्षा र दिक्षा दिएँ
मैले धर्म र कर्मका बिषयमा आँखा उघारी दिएँ
मैले मुक्त मधेशको पनि कुरा गर्दै तराई झरेँ
मैले वर्ग विशेष निम्ति दुनियाँ मर्ने र मार्ने गरेँ ।

चर्का भाषणमा कतै मगरका गर्दै कुरा राज्यको
मैले ठाउँनुसार गर्जन गरेँ मङ्गोल साम्राज्यको
मैले थारु उचाल्न थारुहटको निर्माण गर्दै गएँ
बोटेका दिन फेर्दिने बचनका आसा उघारी दिएँ ।

मेरो सोच बिध्वंश ध्वंशतिरको बाटो समात्दै थियो
सुल्टो सोच थियो र भन्नु कसरी त्यो सोच उल्टो भयो
मैले गर्नु हुँदैनथ्यो विगतमा सद्भाव भाँड्ने कुरा
मेरा जात विशेषका सब कुरा बन्दै गए टाकुरा ।

आफैँ दिक्क भईसकेँ विगतका बोली नबोल्नू थियो
मान्छे भैकन आत्तिएर बिषको पानी नघोल्नू थियो
ऐले दन्दन पूर्व दन्किइ सक्यो संघीयता नाममा
बन्दै बन्द छ देश भित्र धमिरा खोज्दै छ सिध्याउँन ।

आफैँ माथि मडारिदैछ खतरा आकाशको बादल
राम्रो लक्षण देखिएन कसरी सुध्रिन्छ यो मामला
मेरो स्वार्थ बिषाक्त बीज नबनी बन्नू थियो सुन्दर
मेरै कारणबाट बिग्रिन गयो यो देशको तस्बिर ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x