साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरु सुन्नु नपरोस्…

Nepal Telecom ad

स्वयम्भूले चिहाएको त्यस सहरमा,
साँझ ढल्दै अहिले पनि
रङ्गीचङ्गी बत्ती छरपस्ट छिरलिन्छ ।
रमझममा रमाइलोमा घुलिन्छ,
पार्टीमा झुम्मिनेहरूको हूल हुन्छ,
मधेश बन्द भएर के भयो
त्यस सहरमा बन्द हुनुपर्ने पनि
खुल्लमखुल्ला छ,
हिजोसम्म बत्तिस
आज थप चार छतिस पुग्यो
गोटा गन्तीको सल्लाह छ ।
सहादत गणित भएको छ ।
संवेदना खुम्चदै गएको छ ।
हरे मेरो देशमा यो के भएको छ ?
यता दिनरात यस सहरमा
इन्कलाब जिन्दाबाद छ,
बुटहरूको आवाज छ
रुदन छ क्रन्दन छ
पीडाको पहाड छ,
विवाहिताहरू आफ्नो सिउँदो
भोलि रहने कि नरहने चिन्तामा
चकमन्न नीरव रातमा
सम्हालिरहेकी छिन् ।
हिंसा प्रतिहिंसाको जताततै ताण्डव छ.
भविश्य अन्यौलमा छ,
वर्तमान घाइते छ,
मानसपटलमा उफ्रिन थालेका छन् अशुभ विम्बहरू
मुठ्ठी कसेका हातहरू
आकाश घोचिने गरी उठिरहेका छन्
उता त्यस सहरमा
सात वर्षमा पनि नसकिएको काम
सात दिनमै सक्याउन उनी तम्सिरहेका छन् ।
म सोध्छु जब हामी सबै नेपाली
र नेपाल एक परिवार छ
तब के को यस्तो हतार छ
कमसेकम के छ उसको उचित माग सोध
नैसर्गिक हक अधिकारको घाँटी त ननिमोठ ।
त्यस सहरको घेराबन्दीलाई तोडेर
हैकमवादलाई केही दिनका लागि बिसाएर
मधेसको मर्म छाम्ने, भावना केलाउने,
उसको घाउ सुम्सुम्याउने
खिल निकाल्ने प्रयत्न त गर ।
यस राष्ट्रिय दायित्वबाट न तिमी पन्छिन सक्छौ
न म पन्छिन सक्छु
दलगत स्वार्थलाई लत्याएर आऊ
हामी तुरुन्त मिलेर बसौँ
सोचौँं निर्णय गरौँ
संवादको शक्तिलाई चिनेर ।
देशको एक चुटकी माटोलाई
साक्षी राख्न नबिर्सेर ।
जसले कि सुन्नु नपरोस्
मृत्युका थप समाचार !!

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x