साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छुस्का

Nepal Telecom ad

१.साँढे

महादेवको वाहन मात्र हैन
प्रत्येक घण्टा घण्टामा बज्छ साँढे
कोही मर्दा पनि डामेर छोड्छन्
अरूले रोपेको बाली नष्ट पार्छ त्यै साँढे
गाउँभरीका गाईसँग मस्त चर्छ
कोही आए सिंगौरीले तर्साउँछ साँढे
सडकदेखि सदनसम्म डुक्रन्छ
छिमेकीको भरमा मालिकलाई हान्छ साँढे
भुकम्प पीडितको राहत हसुरेर
पीडितलाई नै बुख्याँचा बनी झस्काउँछ साँढे
सदनमा कुर्सीदेखि जुत्ता फाल्छ
बाहिर निस्क्यो पाल तान्छ त्यै साँढे
जस्ता खान्छ, बत्ती खान्छ
आजको आधुनिक डियर साँढे ।

२.बाँकी के नै छ ?

जातले मात्र हुन्न यहाँ
नेपाली मन हुन जरूरी छ
जात त पटक पटक फेर्यौं देशमा
तर पनि सोचमा परिवर्तन जरूरी छ
बिकासको त कामै छैन यहाँ
शान्ति र सद्भाव ल्याउन बाँकी छ
राणा फेर्यौ शाह फाल्यौं
तर पुरातन सोच फेर्न बाँकी छ
जनतालाई भेडो बनाउनु बनायौँ
पुराना नेतालाई बिदा गर्न बाँकी छ
लुट्नु लुट्यौ देशलाई नेता
कुटेर तिमीलाई लखेट्न बाँकी छ
के रह्यो र बाँकी देशमा यहाँ
सिर्फ “हमारा भारत महान् है“ लेख्न बाँकी छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x