साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय तोडफोड

Nepal Telecom ad

तपाईं भन्नुहोला, तोडफोड गर्नु भनेको गति छोड्नु हो । गति छोड्नु भनेको मति भ्रष्ट हुनु हो । तर म प्रस्टसँग भन्छु– तोडफोड गर्दैमा मति भ्रष्ट भयो भन्नुचाहिँ भ्रममै पर्नु हो ।

केही वर्षअघि अफगास्तिानको बामियानमा मुसलमानहरूले बुद्धका मूर्तिहरू फोडे । मुसमानलाई बुद्धप्रति घृणा थियो र मूर्तिहरू फोड्दै मुख छोडे । मन नपरेपछि तोडफोड गर्नु र मुख छोड्नु, मनुष्य जातिको पुरानै परम्परा हो । तर परम्परा हो भन्दैमा मन नपरेका संरचनाहरूलाई बाटोमा, माटोमा वा सङ्ग्रहालयमा संरक्षण दिएर राख्नु अधोगतितिर लाग्नु हो । त्यसैले मुसलमानहरूले प्रगतिपथमा लम्कन बडा बुद्धिमत्ताका साथ बुद्धका मूर्तिहरू फोडे ।

केही वर्षपछि त्यहाँ बुद्ध भन्ने बुुद्धु शब्द नै हरायो । भावी सन्ततिले बुद्धका विषयमा नानाभाँती, जातीनजाती केही जान्नै परेन । बुद्धको अस्तित्वसँगै मुसलमानहरूको मानसिक रोग सदासदाका लागि समाप्त भयो ।

विश्वमै तोडफोडले बेजोड विकास गरेको छ । इतिहास न सितिहास भन्दै साठी सालतिर पृथ्वीनारायण शाहको नुवाकोटको निक्कै अग्लो सालिक बहादुरीसाथ बम बिस्फोट गराई फोडियो । नत्र त युगयुगसम्म पृथ्वीबा औँलो ठड्याएर ठिङ्ग उभिइरहन्थे होला । बुद्धू बुढा ! “प्रजा मोटा भए सालिक फोडिन्छ ।” भनेर बलियो बनाउनुपर्छ नि । “प्रजा मोटा भए दरबार बलियो रहन्छ” भनेर दङ्ग परे । समयसापेक्ष चल्नै नसक्ने अदूरदर्शी अकडा बुढा । त्यति राम्रा हाम्रा छरपस्ट छरिएका राज्यरजौटाहरूलाई अहङ्कार गर्दै एउटै बनाएर नकाम गरे । उनले त्यस्तो नकाम नगर्दिया भा अहिले यी हाम्रा महान् नेता महोदयलाई यस्तो भुर्महत्ये पर्ने नै थिएन । टुक्राटुक्रा पारेर जातजाति र छोरानातिलाई देश र प्रदेश भन्दै भागबन्डा लाउने लेठै पर्ने थिएन ।

नयाँ नेपालमा त पुराना संरचना र इतिहासलाई पूरै समाप्त पार्नुपर्छ । नयाँनयाँ नियम र कानुनहरूको निर्माण गर्नुपर्छ । पुस्तौँसम्म कति रट्नु त्यही कुलमण्डन, पृथ्वीनारायण, राजेन्द्रलक्ष्मी, बहादुर, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र, रामशाह, जङ्गबहादुर, भीमसेन, भक्ति, बलभद्र, भानुभक्त, लक्ष्मीप्रसाद, भुपि, भैरव, पारिजात, नारायणगोपाल, तारादेवी, तेन्जिङ, पासाङल्हामु, बि.पि., पुष्पलाल, मनमोहन, गङ्गालाल, धर्मभक्त, दशरथ, शुव्रmराज, पशुपति, स्वयम्भु, शिव, पार्वती, मस्जिद, चर्च, राम, सीता, जनक, बुद्ध, व्यास, वाल्मीकि, कृष्ण, विष्णु, गुरुकुल धर्म र संस्कृतिहरूका सुकृति, विकृति, एकता, वीरता र उपद्रोका कथा मात्र ?

त्यसैले यस्ता झन्झटिला सालिक, फोटो, लेखरचना वा संरचना जेसुकै हुन् झ्वाँक चल्या बेला डाङ्डुङ् ढाल्नु र च्यातचुत पार्नु नयाँ नेपालका नयाँ पुस्ताको राष्ट्रियता हो । नयाँ पुस्ता यस्ता नानाभाँती, जातीनजाती खुराफाती कुरा पढ्ने, लेख्ने, बुझ्ने, जाँच्ने सम्पूर्ण कुराबाट बाँच्ने हुनाले सबै मिलेर यस्ता संरचना भाँच्ने र एकै छिन भए पनि खुल्लामञ्चमा गएर नाच्ने होइन त ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x