साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ

Nepal Telecom ad

ठूलो खसीको अगाडि बसेर रमेशले आफ्ना सन्तानलाई राम्रो दशैँको अनुभूति गराउने प्रयत्न गरिरहेथ्यो । छिमेकमा सबैको मान्नेगन्ने मान्छेमै पर्छ रमेश कार्की पूर्वी खोटाङमा । गाउँबाट शहरमा छिरेपछि निकै मेहनतले काम गरेर आफ्नो खुट्टामा उभिएको छ भन्छन् । गाउँमा उसको उदाहरण दिने गरिन्छ रे सफल मान्छेको रुपमा ।

कर्मचारी भएकाले निकै ढिलो बिदा भो रमेशको । दशैँमा आएको बोनसले उसको एक चौथाइ ऋण तिर्ने योजना भारतीय नाकाबन्दी र काठमाडौँको महँगीले झ्वाम पार्यो । अनि श्रीमतीजीका गहना र बालबच्चाका राम्रो सपिङ मलमा गएर गतिला सामान सपिङ गर्ने चाहनामा तुषारापात गर्यो । काठमाडौंको महँगीमा सस्तोको कोठाभाडा तिरेर छोराछोरी पढाउने उसको सपनालाई अचानक आएको नाकाबन्दी र मौलाएको फाइदाजनक व्यापारले घाममा सुकाउन मद्दत गर्यो ।

टोलछिमेकमा केटाकेटीका साथीहरूमा खुब उल्लासमा बित्दै गरेको दशैँ उसको अघिल्लो वर्षको ऋण घटाउनै नपाई थप ऋणको चपेटामा पारेर जाँदैछ । छोराछोरी नयाँ नाना र चिचीपापाका आशमा उसका छेउमा बसेका छन् । उसले तिनका मुखमा हेर्न पनि सकेको छैन । आँखामा उदाशी लुकाएर मौन बसेको छ, सोच्दै छ यो दशैँ किन आउँछ ? कसैका आवश्यकता पुरा गर्न नसक्ने ऊ जस्तालाई किन आउँछन् यी चाडबाड ? किन आउँदैनन् शहर र लोकल मान्छेहरूकोमा मात्र ? धुम्मिएको औँसीँको रातमा झैँ मुहार लाएर ऊ बसिरह्यो मौन मौन !!

आँखिभुई– ८, संखुवासभा हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x