सुलसुलेस्रष्टाहरू भारतीय हस्तक्षेपको विरोधमा
काठमाडौं, असोज । नेपालको २९ वटा साहित्यिक एवम् सांस्कृतिक संस्थाहरूको आव्हानमा भारतीय दूतावासपुगी भारतीय नाकाबन्दीको विरोध गर्दै एक घटना धर्ना सहित नेपाली स्रष्टाहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा ठूलो सङ्ख्यामा साहित्यकार एवम् संस्कृतिकर्मीहरूको सहभागिता थियो ।
प्रदर्शन पछि नेपाल स्थित भारतीय राजदूतसमक्ष विज्ञप्ति पत्र दिएका छन् । पत्रमा नेपालमा हाल भइरहेको भारतीय विस्तारवादको अघोषित नाकाबन्दी र आन्तरिक मामिलामा अस्वाभाविक दबाबद्वारा सार्वभौमिकतामाथि नै हस्तक्षेप गर्दै नेपाली जनतामाथि गरिएको अमानवीय व्यवहार र उत्पीडनको हामी भत्र्सना गरिएको छ । विरोध पत्रमा भनिएको छ– ”अन्तर्र्रािष्ट्रय विधि, परम्परा र कानुनको ठाडो उल्लङ्घन गर्दै भूपरिवेष्टित छिमेकी राष्ट्र नेपालको जनजीवनलाई नै तहसनहस पारी आफ्नो प्रभुत्व जमाउने, एकपक्षीय हित र स्वार्थ पूरा गर्ने तथा प्राकृतिक स्रोत र साधनहरूको अन्यायपूर्ण दोहन गर्ने मनसायले यो नाकाबन्दी गरिएको हो । यसो गर्नुमा हाम्रो प्रतिदिन बढ्दै गइरहेको राष्ट्रिय परनिर्भरता, खुला सीमानाको दुरुपयोग र सांस्कृतिक सम्बन्धको भ्रष्टीकरणले पनि काम गरेको छ । तसर्थ राज्यले राष्ट्रिय आत्मनिर्भरता र स्वावलम्बनको गुरुयोजना निर्माण गर्नु जरुरी छ । त्यसै गरी आधारभूत आवश्यकताका वस्तुहरूको एकपक्षीय परनिर्भरताले पनि यो उत्पीडनलाई सहयोग पु¥याएको छ । यसको तत्कालिक र दीर्घकालिक भरपर्दो विकल्प खोज्न, दुवै छिमेकी राष्ट्रसँग समान र सन्तुलित मित्रता एवम् सम्बन्ध कायम गर्न तथा वर्तमान दबाबका सामु नझुक्न हामी माग गर्दछौँ ।”
२९ वटा संस्थाका तर्फबाट दिइएको पत्रमा भनिएको छ– “नेपालीका घरआँगनमा आएका चाडपर्वको पूर्वसन्ध्यामा हामी राज्य समक्ष नेपाली जनताले झेलिरहेका जनजीविकाका समस्या र सङ्कटको छिटो समाधान खोज्न जोडदार माग गर्दछौँ । छिमेकी राष्ट्रबाट राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रतामाथि भएको गम्भीर हस्तक्षेपको विरोध गर्न देशभित्रका साथै अन्तर्र्रािष्ट्रय समुदायसमक्ष पनि हार्दिक अपिल गर्दछौँ । यसै गरी, देशभित्र तथा देशबाहिर रहेका सम्पूर्ण नेपाली स्रष्टा, संस्कृतिकर्मी तथा कलाकारहरूलाई यसको सशक्त विरोध र प्रतिवाद गर्न पनि अनुरोध गर्दछौँ । देशलाई पराधीन बनाउने पुराना असमान सन्धि–सम्झौता खारेज गर्न र पुनः त्यस्ता सन्धि सम्झौता नगर्न पनि नेपाल सरकारलाई सजग गराउँदछौँ ।”
संयुक्त विज्ञप्ति प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरी, देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानका तर्फबाट निनु चापागाईँ, इच्छुक सांस्कृतिक प्रतिष्ठानका डा. जगदीश चन्द्र भण्डारी, युद्धप्रसाद मिश्र प्रतिष्ठानका वासुदेव अधिकारी, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका गणेश भण्डारी, पारिजात स्मृति केन्द्रका लक्ष्मी माली, राष्ट्रिय जनसांस्कृतिक महासंघका खगेन्द्र राई, अखिल नेपाल जनसांस्कृतिक महासंघका ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका मातृका पोखरेल, अखिल नेपाल जनसांस्कृतिक महासंघका खेम थपलिया, जन साहित्यिक मञ्च, विनोद मञ्जन, अखिल नेपाल लेखक संघका हिरामणि दुःखी, एकीकृत अखिल नेपाल लेखक संघका तेजविलास अधिकारी, साहित्य सन्ध्याका भागवत आचार्य, प्रतिभा प्रवाहका मित्रलाल पंज्ञानी, साहित्य सदन, नेपालका वसन्त रिजाल, रमेश विकल साहित्य प्रतिष्ठानका विजय चालिसेको हस्ताक्षर रहेको छ ।
त्यसै गरी पत्रमा नागार्जन साहित्य प्रतिष्ठानका प्रकाश सिलवाल, सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागे, त्रिशूली वाङ्मय प्रतिष्ठानका श्रीहरि फुँयाल, स्रष्टा समाज नेपालका अतृप्त पाण्डे, क्रान्तिकारी सांस्कृतिक विङ्सका पुण्य गौतम ‘विश्वास’, उन्मुक्त पुस्ताका कला अनुरागी, काव्यशिविर अभियानका प्रोल्लास सिन्धुलीय, नेपाली साहित्य घरका विष्णु भण्डारी, नेपाल साहित्यिक पत्रकार संघका रोचक घिमिरे, जनमत वाङ्मय प्रतिष्ठानका मोहन दुवाल, रातो घरका स्नेह सायमी र अभियान साहित्य प्रतिष्ठानका छायादत्त न्यौपानेले हस्ताक्षर गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































