सुलसुलेअभिनवको शुभकामना कवि गोष्ठी
काठमाडौं, २०७२ असोज ३० । अभिनव साहित्य समाजले १६४ औँ शृङ्खला सम्पन्न गरेको छ । यस अन्तर्गत बडा दशैँ २०७२, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना–विशेष कवि गोष्ठी गरेको हो ।
समारोहमा उपस्थित कविहरूमध्ये ३० जनाले कविता वाचन गरेका थिए । तीमध्ये सुनिल स्पन्दन, सीता विष्ठ कार्की, सवीन पाठक र राधिका अधिकारीका रचनाहरूलाई प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागी कविहरूमा प्रकाश वस्नेत गफागी, ब्रह्मप्रिय, घनश्याम प्रसाई, कुसुम, कृष्ण गौतम,रुद्र अधिकारी, पुण्य गौतम, चिन्तन, बुद्धरत्न शाक्य, उदास, शेषराज आचार्य, दिनेशकुमार, रत्ननिधि, गंगा पौडेल, विष्णा विरही, मिलन समीर, द्वारिका कुइकेल, मानन्धर अभागी, मेनका पोखरेल, बूढा, उराठ, भाग्यशाली, डिल्लीराज, प्रकाशमणि र वेदमणि आदि हुनुहुन्थ्यो । साथै मन्तव्य दिनेहरूमा, सीतल गिरी, चन्द्रमणि प्रसाई आदि रहनुभएको थियो ।
कार्य समितिका सदस्य घनश्यामले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ पत्रकार विजय चालिसे र सभापतित्व समाजका निवर्तमान कोषाध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो । समाजका अध्यक्ष वेदमणि घिमिरेले कार्यक्रमको समग्र समीक्षा र धन्यवाद ज्ञापन, सचिव परशुराम पराजुली पराशरले समीक्षा तथा सदस्य शारदा पराजुलीले उद्घोषण गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































