साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छुस्का

Nepal Telecom ad

१.
समय त सबैलाई चौबीसै घण्टा हो
कुर्नेलाई मात्र पट्यार लाग्छ
चोट त अचानोलाई न हो
खुकुरीले एकपटक हाने पुग्छ
गल्ती त काम गर्दा नै हुन्छ
गल्ती सुधारेरै व्यक्ति महान् हुन्छ
सोंच त दिमागमा हजारौ आउँछन्
जब सफल सोंचलाई मुटुले साथ दिन्छ
जित्नेको घोडा हो भन्छन् इतिहास
हार्नेले कि घुँडा टेक्नु वा टुक्रिनु पर्छ
राम्रो कामको शुरू आफैं र आजैबाट गरौं
भोलि त स्वतह राम्रो हुन्छ ।

२.
दुख मात्र हैन सुख हो जीवन
आँसु मात्र हैन हाँसो हो जीवन
पाउनु मात्र हैन गुमाउनु हो जीवन
शिशिरको तुषारो मात्र हैन
बसन्त बहार पनि हो जीवन
जन्मको पासपोर्ट मात्र हैन
मृत्युको भिषा पर्खनु पनि हो जीवन
जन्मको उत्सवदेखि अन्त्यको
श्रद्धान्जलीसम्म हो जीवन
कसैको भरोसामा मात्र हैन
साथमा साथ दिनु पनि हो जीवन
जति पुजे पनि प्रकट नहुने
भगवान्लाई कुर्नु हो जीवन
आफ्नो लागि हैन केवल
अरूको लागि बाँच्नु हो जीवन
आफूले कमाएर खर्च गर्नु हैन
छोरा नातिका लागि साँच्नु रैछ जीवन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x