साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको ६२ औँ शृङ्खला

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानको ६२ औँ नियमित आख्यान वाचन कार्यक्रम २०७२।०७।२१ गते शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हास्यव्यङ्ग्यकार डम्बर घिमिरेको प्रमुख अतिथ्य रहेको थियो ।

अन्य अतिथिहरूमा डिल्लीराज अर्याल, श्रीहरि फुयाल, युवराज मैनाली, गङ्गा कर्माचार्य पौडेल, शीतल गिरी, गणेश घिमिरे ‘मार्मिक’ रहनुभएको थियो । २७ जनाको उपस्थितिमा अतिथि लगायत प्रकाश बस्नेत गफाडी, मेनका पोखरेल आचार्य, शारदा पराजुली, द्वारिका कुइँकेल, तारा केसी, निर्भिक राई, श्याम लामा, परशुराम पराशर आदिले आ–आफ्ना कथा, लधुकथा, हास्यव्यङ्ग्य निबन्ध, अनुभूति वाचन गर्नुभएको थियो ।

सुरभिका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको उक्त कार्यक्रममा वाचन गरिएका कथाहरूको समीक्षा भने समालोचक युवराज मैनालीले गर्नुभएको थियो । कार्यक्रममा प्रदीपरत्न शाक्यले आफ्नी आमाका नाममा स्थापना गरेको पुरस्कार ‘सुरभि–लक्ष्मीदेवी साहित्य सिरपा’ पुरस्कारको आह्वान सुरभि साहित्य प्रतिष्ठानको इमेल surabhiakhyan@gmail.com मा यही मङ्सिर महिनाको ५ गते सम्ममा आफ्नो कथा पठाई प्रतियोगितामा भाग लिनुहोला भनी पुनः आह्वान समेत गरेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x