साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हत्केला र भाग्यहरू

Nepal Telecom ad

हत्केलामा कोरेका भाग्यरेखाहरू चिर्दै
आफ्नै हातले
कर्दले रोपेर
रगताम्य पार्दैं
अब हामी आफ्नो भाग्यरेखाको निर्माण
आफै गर्छौ,
अब हामी आफ्नो भाग्यको निर्माण
आफै गर्छौं ।

कसले लेखिदियो प्रारब्धमा हाम्रो
कुन विधिको विधानले
कि हामी शासित, दासपुत्र मात्र भएर
जन्मन योग्य छौं
स्वीकार्य छैन हामीलाई दासत्वको यो बन्धन,
स्वीकार्य छैन हामीलाई धर्मको, रुढिको
यो आदेश शासन
जसले महान् वैज्ञानिक ग्यालिलियोको
दुःखद अवसान गरायो
जसले सत्यको, तथ्यको अन्वेषण गर्नुबाट
हामीलाई रोक लगाउँछ भीरु बनाउँदै ।

कविहरू !
अब कवितालाई नयाँ रुपमा स्थापित गर
चिन्तकहरू, दार्शनिकहरू !
अव चिन्तनको नयाँ धरातललाई स्पर्श गर
प्रसार गर,
इतिहासका पानाहरू
धर्मग्रन्थ, वेद र पुराणहरू
विकृतिले परिपूर्ण छन्,
इतिहासलाई त्यस दुर्गन्धबाट
दुर्गन्धको पीडाबाट मुक्त गर ।

तोडिदेऊ सदियौँदेखि मस्तिष्कको ढोकामा
लागेका ताल्चाहरू
विचारमा लागेका अङ्कुशेहरू
बन्धनहरू फुकाल,
जसले मुठ्ठीभरका मानिसलाई मात्र
विशिष्ट श्रेणी
शासक–श्रेणी प्रदान गर्दछ ।

ती यन्त्रहरू
यन्त्रका ती पुर्जाहरू
जो निष्कर्म बनेका छन्,
खिया लागेर
जसबाट उर्वर केही उत्पादन हुँदैन
जसले अवरुद्ध गर्छ चेतनाको नयाँ प्रवाहलाई
विपुल प्रवाहलाई
प्रगति, परिवर्तनको सतत र उद्दाम गतिलाई
जसले नकार गर्दछ
अपरिमित समभावनाको अस्तित्वलाई,
फ्याँकिदेऊ त्यो मृत अस्त्रलाई
अस्त्रको त्यो पाषाण भण्डारलाई
जसले मनुष्यलाई
नयाँ प्रतिस्थापित गर्दैन
जसले लाखौलाख जीवनका समूल विनष्टि सिवाय
केही दिन सक्दैन ।

पृथ्वीको सभ्यतालाई नष्ट हुनुबाट बचाऊ
सागरको वातावरणलाई दूषित हुनुबाट बचाऊ
विध्वंसक आणविक प्रयोगहरूबाट,
स्वस्थ्य चिन्तनको हावालाई बग्न देऊ
पुनः एकचोटि
एकपटक पुनः गुञ्जी उठ्नू शून्यलाई चिर्दै
भोल्गाको तटदेखि क्यारिवियनको टापुसम्म
इतिहास थर्काउने युगान्तकारी आवाज,
शङ्खघोष गर्दै इन्कलाबको
प्रतिस्थापन गर्दै नयाँ मनुष्यलाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x