साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझ कति कडा दुर्दिनहरू !

Nepal Telecom ad

सबै नेता उस्तै फगत पदकै लालच यहाँ
इसारामा नाँच्दै लचक कटिमा झुक्दछ कहाँ ?
अहो ! साँढे जस्तै वरिपरि बडा दुश्मनहरू
छ भोग्नै लेखेको अझ कति कडा दुर्दिनहरू !
(१)
थिए नेपालीका जुन सबल खम्बा र गरिमा
उनैले छाड्दैछन् अब किन सबै स्तुत्य महिमा ?
कथम् यस्तै हाम्रो नियति बनिराखे शठहरू
नभोगी के गर्ने अझ कति कडा दुर्दिनहरू !
(२)
भएको देख्दैछौं किन पतन सिद्धान्तहरूको ?
झरे आस्थाबाटै अझ तलतलै पात्र हलुको !
बनेका आफैं नै युगपुरुष यी दुर्जनहरू !
छ देख्नैपर्ने लौ, अझ कति कडा दुर्दिनहरू !
(३)
अनास्था राखेरै पनि सपथको स्वाङ गरिने
बनेका नौटंकी नटसरि घृणा(भाव भरिने
म आशा बुख्याँचा पतितहरूको कति गरूँ ?
रहेकै सामुन्ने अझ कति कडा दुर्दिनहरू !
(४)
कि मत्ता साँढेझैँ कथित ‘प्रभु’का दंशहरूले
डसेका रैती हुन् ? कि त अबुझ यी षण्डहरूले
बुझेनन् आफ्नो त्यो जनबल कठै निर्बलहरू !
अहो, भोग्नैपर्ने अझ कति कडा दुर्दिनहरू !
(५)
सुगाझैँ रट्दैछौ भन कति अझैँ पूर्व(महिमा
गरेनौ कर्मै क्यै किन समयको राख्न गरिमा ?
सहेरै व्यर्थैमा पशु सरह बाँच्यौ दिन बरु
नजाग्दा भोगौला अझ कति कडा दुर्दिनहरू !
(६)
म ठूलो मै अग्लो सकल दलका दम्भहरूले
बढाएरै दूरी गतिरहित भो राष्ट्र अहिले
नबन्लान् चोखा के अब पनि सबैका मनहरू ?
अवश्यै भोग्नेछन् अझ कति कडा दुर्दिनहरू !
(७)
छिमेकी(पीडाले थकित जनता क्षुब्ध छ यहाँ
भरोसा गर्ने त्यो असलपन खै पाउनु कहाँ ?
नजानेझैँ गर्दै अबुझ बनिराखेपछि अरू
नब्यूंझे देखौला अझ कति कडा दुर्दिनहरू !
(८)
सबै मिल्दा होला जरुर पनि यो राष्ट्र बलियो
यही यौटा मात्रै प्रबल छ सधैं स्वप्न कविको
अहो ! ती ब्यूंझेका प्रियजन नदेख्दै म नमरूँ
मिलेरै फ्याँकौंला जति पनि कडा दुर्दिनहरू !!
(९)

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x