साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीर्थराज अधिकारीको ‘झटारो’ अङ्ग्रेजीमा

Nepal Telecom ad

काठमाडौँ । २०७२ कार्तिक १६ । साहित्यकार तीर्थराज अधिकारीद्वारा लिखित मुक्तकसङ्ग्र्रह ‘झटारो’को अङ्ग्रेजी अनुवादकृतिको लोकार्पण समारोह संस्कृतिविद् एवम् साहित्यकार शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

नेपाल मुक्तक प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सत्यमोहन जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, ज्ञानुवाकर पौडेल, रामकाजी कोने, लेखक तीर्थराज अधिकारी, रमेश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) का कार्यकारी निर्देशक तथा त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा. कृष्णचन्द्र शर्माले लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा, प्रा.गोपीकृष्ण शर्मा, शङ्कर लामिछाने निबन्ध समाजका संरक्षक आदरणीय रत्ना लामिछाने, सांसद भीष्म अधिकारी, पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, प्राज्ञ उन्नति बोहरा शिला, सूब सेन, विजयराज भट्टराई, डा.सुरेन्द्र के.सी.लगायत महानुभावहरूको उपस्थिति रहेको थियो ।

भोजराज न्यौपानेद्वारा अनुवाद गरिएको कृति लोकार्पण समारोहको सञ्चालन प्रतिष्ठानका सदस्य यादव भट्टराईबाट भएको थियो । लेखक अधिकारीका कविता, मुक्तक र गीतका गरी आधा दर्जन कृति प्रकाशित छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x