साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा समाजको बाह्रौं शृङ्खला

Nepal Telecom ad

काठमाडौं, कार्तिक । स्रष्टा समाज काठमाडौं, नेपालको बाह्रौं शृङ्खला आज सम्पन्न भयो । समाजका अध्यक्ष अतृप्त पाण्डेयको जन्म दिवसको अवसर पारेर गरिएको विशेष कवि गोष्ठिको संचालन नारायण भण्डारी, जनकपुरीले गरेका थिए भने सभाध्यक्षमा समाजका अध्यक्ष अतृप्त पाण्डेय, प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती थिए ।

सँधैझै ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट मौन धारण र रातो र चन्द्रसूर्य गानबाट कार्यक्रमको सुरूवात गरिएको थियो । उक्त कार्यक्रममा कविहरू गङ्गा प्रसाद उप्रेती, पुर्ण विराम, मातृका पोखरेल, दिनानाथ शर्मा, अशोक सुवेदी, यस.पि. चौलागाइ, कमला रिसाल, गायत्रि विष्ट, गिता खनाल, अतृप्त पाण्डेय, मुकुन्द न्यौपाने, प्रमोद स्नेही, नारायण भण्डारी, बुद्धिराज पाण्डे, मणि थापा, प्रकाश सायमी, राम विनय, गीता त्रिपाठी, प्रशान्त खरेल, मणिराज सिंह, मुरारी सिग्देल, विजयध्वज थापा र राधा कार्कीले आ–आफ्नो कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि उप्रेतीले स्रष्टा समाज र यसका अध्यक्ष दुबैलाइ फरक शैलीको प्रयोगको लागि धन्यवाद दिँदै अहिलेको संविधानमा जनताले धेरै अधिकार पाएका छन् र थप अधिकारको लागि यसको संसोधनको ठाउँ पनि यसमा रहेको बताए । ‘देश वनाउनको लागि स्वाबलम्वनको पुर्वाधार बनाउनु पर्छ । अहिले तराइमा चलेको आन्दोलन एक डिजाइन भएको र यसको पर्दाफास गर्न राजनैतिक पार्टिहरू असफल भएका छन् । राजनैतिक पार्टिहरूले चेतनाको संचार गर्न जरूरी छ । साहित्यकारहरूलाइ समयले अर्को विषयवस्तु दिएको छ, राष्ट्रिय एकताको, यो दायित्वमा सबै कला, साहित्य र संस्कृतिकर्मिहरूले सचेत भएर लाग्नु आवश्यक छ ।’ कुलपति उप्रेतीको कथन थियो ।

समाजका अध्यक्ष अतृप्त पाण्डेयले सबै कविहरूले आ–आफ्नो जन्मदिनमा यस्तै कार्यक्रमको आयोजना गर्ने हो भने छिट्टैनै नेपाल विश्वमा धेरै कविता पढिने र सुनिने देश बन्नेछ भन्दै सबै उपस्थितहरूलाइ उपस्थिति भएर प्रेरणा र हौसला दिनु भएकोमा धन्यवाद सहित सभा विसर्जन गरे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x