साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलेवा छ बन्दी र उन्मुक्त बाज

Nepal Telecom ad

“पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्य
र हुन्छन् जहाँ दण्ड–भागी सुयोग्य
जहाँ ‘चाकरी’ योग्यताको कसी छ
जहाँ चेतना–सिर्जना अप्जसी छ

जहाँ राज गर्छन् छुचा केतु–राहु
जहाँ छन् कँुजा न्यायका हात–पाउ
जहाँ सत्यलाई कतै छैन ठाउँ
त्यही देशको नै त ‘नेपाल’ नाउँ”

चिनारी यही नै भएको छ आज
मलेवा छ बन्दी र उन्मुक्त बाज
सधैँ शान्ति–वार्ता, सँगै क्रूर हत्या
हरे ! जो छ द्यौता, उही घोर दैत्य

गुमेको छ नेपालको त्यो प्रतिष्ठा
हुँदा शून्य, नेतृत्वमा नीति–निष्ठा
गरूँ आस— कैल्यै त होला उज्यालो
फटाई यहाँ त्रासदीको तुवाँलोे ।

२८ कार्तिक २०७२
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x