साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता !

Nepal Telecom ad

मेरै प्रवृत्ति हावी छन् जुन क्षेत्र पसे पनि
मेरो चातुर्य उर्लन्छ चाहे भष्म घसे पनि !
मेरो दौलतमा बाँच्छन् माननीय महान्हरू
मेरै आवाजमा बोल्छन् मेरा यी हनुमान्हरू !

भेंडा–बाख्रा किनेजस्तै सांसदै किन्न सक्दछु
जूठो खाएर फुर्केका को–को छन् भन्न सक्दछु !
आफ्ना भाषणमा गर्छु स्वार्थ–त्याग प्रदर्शन
बदल्छु परिभाषा म मौका हेरेर तत्क्षण !

दुई भिन्न किनाराका विचार जोड्न सक्दछु
शिलाझैँ ठोस सिद्धान्त सजिलै फोड्न सक्दछु !
निश्चयै मूर्ख नै गर्छन् व्यर्थ दर्शनका कुरा
हरेक दलमा घुस्दै पारेकै छु चिरा–चिरा !

पखेटा फट्फटाएर कहिले उड्छु उत्तर
फेरि दक्षिण फर्कन्छु भन्दै क्षेत्र बृहत्तर !
मेरा यी प्रभुका सामु नतमस्तक भै सदा
म सर्वोपरि ठान्दैछु उनैको हित सर्वदा !

नदी–नाला सबै मेरा, मेरै हो वन–जङ्गल
पूरै बजेट मेरो हो खुलेरै गर्छु दङ्गल !
आफ्नो मुलुकमा पूरै अन्धकार भए पनि
छैन चिन्ता नदी–माटो बेचिएर गए पनि !

अरूसँग सधैं भन्छु बचाऊ मूल्य–मान्यता
मैले बेग्लै रचेको छु आफ्नो आचारसंहिता !
अरूसँग कहाँ मेरो तुलना हुन सक्दछ ?
म नेता हुँ, सबै तर्क मेरा अगाडि झुक्दछ !

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x