साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता दिल्ली गए

Nepal Telecom ad

बुद्धिमान भए कि सिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए

चुलो निभाएर पारवाहन रोकेर
सर्वसाधारणलाई दुस्खमा चोपेर
आँसु बगादिने प्याजका झिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

औषधी विना विरामीको चित्कार
एम्बुलेन्सलाई पनि ढुंगा प्रहार
प्राणको भिख माग्नेहरू विचल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

स्कुल कलेजलाई पनि बन्द पारेर
बामे सरेको अर्थतन्त्रलाई मन्द पारेर
नाका न्याकेका बजारका गल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

‘ङ्यार्र’ सरकार विरोधी दलतिर सर्छ
‘ङुर्र’ विरोधी दल सरकारसँग गर्छ
यता सिंह उता फर्कदा बिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

इन्जिनियर, लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x