सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रा नेता दिल्ली गए

Nepal Telecom ad

बुद्धिमान भए कि सिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए

चुलो निभाएर पारवाहन रोकेर
सर्वसाधारणलाई दुस्खमा चोपेर
आँसु बगादिने प्याजका झिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

औषधी विना विरामीको चित्कार
एम्बुलेन्सलाई पनि ढुंगा प्रहार
प्राणको भिख माग्नेहरू विचल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

स्कुल कलेजलाई पनि बन्द पारेर
बामे सरेको अर्थतन्त्रलाई मन्द पारेर
नाका न्याकेका बजारका गल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

‘ङ्यार्र’ सरकार विरोधी दलतिर सर्छ
‘ङुर्र’ विरोधी दल सरकारसँग गर्छ
यता सिंह उता फर्कदा बिल्ली भए
हाम्रा नेताहरू लुरूलुरू दिल्ली गए ।

इन्जिनियर, लस एन्जेलस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही