साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको ६३ औँ शृङ्खलामा कथा वाचन

Nepal Telecom ad

काठमाडौं, २०७२ मङ्सिर १९ । सुरभि साहित्य प्रतिष्ठानको ६३ औँ शृङ्खलामा ‘सुरभि–लक्ष्मीदेवी साहित्य सिरपा’ (पुरस्कार) वितरण तथा प्रकाश बस्नेत गफाडीको कथा सङ्ग्रह ‘भाइरसहरू’ विमोचन गरियो ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार वासुदेव अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिमा सांसद रामेश्वर फुयाल र अन्य अतिथिमा कणाद महर्षि, गोविन्द घिमिरे ‘वेदमणि’ कलाधर काफ्ले, युवराज मैनाली, हरिकृष्ण श्रेष्ठ, शीतल गिरी, डिल्लीराज अर्याल, इन्दकुमार श्रेष्ठ सरित र शालिग्राम अधिकारी हुनुहुन्थ्यो ।

देश–विदेशबाट आएका २३ वटा कथाहरू मध्येबाट उत्कृष्ट ८ वटा छनौट गरी त्यसमध्ये ३ वटालाई पुरस्कृत गरिएको थियो । प्रतियोगी कथाहरूको निर्णायकमा विजय चालिसे, युवराज मैनाली र परशुराम पराशर रहनु भएको थियो ।

सर्लाहीका पुष्पराज ढुङ्गानाको ‘मातृपीडा’ प्रथम, झापाकी खगिन्द्रा खुसीको ‘यो घर मेरो पनि हो’ द्वितीय तथा झापाकै गणेश घिमिरे ‘मार्मिक’को ‘आमाको मन’ तृतीय भई सुरभि–लक्ष्मीदेवी साहित्य सिरपा प्रदान गरिएको थियो । छनौटमा पर्नेमा शारदा पराजुली, प्रभा बराल, स्वेच्छा राउत, दिव्य गिरी र धिरज राईका कथाहरू थिए । नाम ठेगाना र फोन नं. नभएका कथाहरू निर्णयार्थ पठाइएको थियो । यसरी स्वच्छ निर्णय भएका कथाका प्रथम, द्वितीय तथा तृतीय हुने कथाकारहरूलाई क्रमशः नगद रु.३०००।– २०००।– र १०००।– तथा प्रमाणपत्र प्रदान गरिएको यस कार्यक्रममा छनौटमा परेका आठओटा कथा तथा अन्य अप्रतियोगी कथाहरू समेत वाचन भएका थिए ।

विमोचित कथा सङ्ग्रह ‘भाइरसहरू’को समीक्षा युवराज मैनालीले गर्नुभएको थियो भने उद्घोषण अच्युत घिमिरेले गर्नुभएको थियो । रामकुमार पण्डित क्षेत्रीको स्वागत् मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न अतिथि वक्ताहरूले पुरस्कार स्थापनाको प्रशंसा गरी पुरस्कार संस्थापक प्रदीपरत्न शाक्यलाई धन्यवाद दिँदै पुरस्कृत कथाकार एवम् कृतिकार प्रकाश बस्नेत गफाडीलाई बधाई समेत दिनुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x