इन्द्रजीत शर्मा चौँलागाईऊ तापी रहेछ
आफ्नै घर धुरीमा लगाएर आगो
ऊ तापी रहेछ सेकाएर गालो ।
म रुँदा उ हाँस्छ सरम सत्व छोडी
देखाएर दाह्रा कुटील मूख कालो ।
दलाली भनि म जति गर्छु गाली
लगौटी नि फाली झनै नाच्न थाल्यो ।
जिउँदै मान्छेलाई पनि पोल्न सक्ने !
पिसाच् प्रेत कस्तो मसानेको सालो !
सबै स्वाबलम्बी हुनु पर्छ हामी
तब माथि पर्ने अनि पर्छ पालो ।
ललितपुर
२०७२।८।१६
Subscribe
Login
0 Comments
Oldest





































