साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुलुक नै जुवाडेको भीड

Nepal Telecom ad

के गरेमा निको हुन्छ मेरो देशको घाउ ?
सून्य हुन्छन् कसो गरी यति धेरै साहु ?

गिजोल्ने र चिथोर्नेको बगाल नै देख्छु
जताततै छरपष्ट शकुनीका बाउ

फके आगो बिरबलले खिचडीका लागि
तयार छन् निभाउन शनि केतु राहू

चर्किएका घरहरू भूकम्पको खाजा
मूल्यहीन घरमुली छैन कुनै भाउ

खाल भयो मुलुक नै जुवाडेको भीड
कहिल्यै पनि गरिबलाई लागेन है दाउ ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x