साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकाहाकी देश चुस्छन्

Nepal Telecom ad

सुन्दर समाज निर्माण गर्न सुशासनको खेती
भ्रष्टाचारलाई पाखा लगाउँ इच्छा थियो यति

कति राम्रो देश हाम्रो के गर्नु र आज
हाकाहाकी देश चुस्छन् देख्नेलाई लाज
भ्रष्टहरू मान पाउँछन् माला लाउँछन् दिनमा
देश खोक्य्राउने मिलो मतो गर्छन् एकै छिनमा

सुन्दर समाज निर्माण गर्न सुशासनको खेती
भ्रष्टाचारलाई पाखा लगाउँ इच्छा थियो यति

भ्रष्टाचारको जालो बुन्छ गाउँ, शहर, नगर
सन्ततिले सिको गर्छन् हुन्छ देश बगर
हराभरा हरियाली खुसियाली छाउन
भ्रष्ट मति छोडौँ साथी मीठो प्रीति लाउन

सुन्दर समाज निर्माण गर्न सुशासनको खेती
भ्रष्टाचारलाई पाखा लगाउँ इच्छा थियो यति

को खाई को खाई भाका हाल्दै खान सिकाउँछन्
मुख्य छोडी चोर बाटो जान सिकाउँछन्
ठूलाले नै हो झै लाग्छ पियन बिगारेको
देख्न पाइने कहिले होला देश सिहारेको

सुन्दर समाज निर्माण गर्न सुशासनको खेती
भ्रष्टाचारलाई पाखा लगाउँ इच्छा थियो यति
पोखरा–११, फूलबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x