साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसैले भन्दै भन्दैन

Nepal Telecom ad

हरेकले भन्दैछ
त्यो पनि आयो टन्न खायो
यो पनि आयो टन्न कमायो
उ पनि आएर डन्नै खाको छ
तर अक्तियार थाह छैन रे
सोध्दैछ
भन्नुस् न कसले खाको छ ?
त्यसको फुसको छानो थियो
आहिले पाच तले घर छ
यसको कुशको छानो थियो
आज सात तले घर छ
सबलाई थाहा छ
त्यो कहाँबाट कसरी आको छ
तर पनि अख्तियार सोच्दैछ
भन्नुस् कसले
कहाँ कति खाको छ ।

दुई चार कट्टा जाग्गा नहुनेले पनि
दुइचार कट्ठा घडेरी किन्या छ
साइकल पनि थियो कि थिएन
आज पजेरोमा हिँड्या छ
अदालतदेखि अख्तियारसम्म
मान्छे उसैले चिन्या छ
छरछिमेक सबलाई थाह छ
ऊ कसरी धनी भाको छ
तर अझै अख्तियारले सोध्दैछ
भन्नुस् कस्ले कहाँ खाको छ ।

डिङ्नो झै जुटेर
सरकारी धन लुटेर
सरकारको सम्पती भुटेर
राजाधानीमा सिसमहल बनाको छ
यहाँ भ्रष्टाचारको खेतीपाती
डुङडुङती नै गनाको छ
सबलाई थाह छ
यहाँ कसले कति कमाको छ
तर अख्तियार अझै भन्दैछ
हैन यो देशमा के भाको छ
कसैले भन्दै भन्दैन त
आफूले यती खाको छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x