साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीका केही ठोकान

Nepal Telecom ad

भोकसँग वार्ता

ए भोक ! मैले बोलाएको बेलामा ट्याक्क आइजा
सरकार र आन्दोलनकारी जस्तो नौटङ्की नभइजा
जतिखेर बिजुली आउँछ त्यतिखेर हाम्रो भात पाक्छ
ए भोक ! मसँग हुने बाँच्नुको सम्झौता पूरा गरेरै जा

न दक्षिण न उत्तर

न दक्षिणले दिन्छ न उत्तरले दिन्छ न काठमाडौँले
न लोकतन्त्रले चिन्छ न गणतन्त्रले चिन्छ न भोकले
कति बिकाउ हो यो समय केवल कालाबजारी चिन्छ
न नेताले दिन्छ न छिमेकीले बाँच्न, सक्यो है झगडैले

दाउरे हुनुमा

कुनै बेला थियो गौरव लाउरे हुनुमा
अहिले भयो होडबाजी चाउरे हुनुमा
बोल्न मात्र ठुलो कुरा जाने सबैले
राजधानीमै भयो गौरव दाउरे हुनुमा

पेल्यो बेसरी

हिन्दूले नै हिन्दूलाई हरे ठग्दो रैछ यसरी यहाँ
बाठो भै अगुवाले नै बाटो हग्दो रैछ यसरी यहाँ
संसारको नियम मिची सास थुन्यो तल्ला गाउँले
मान्छेले नै कुमान्छे बनी हरे पेल्दो रैछ बेसरी यहाँ

सत्ता बदल्दैमा

सत्ता बदल्दैमा केही हुनेवाला छैन यो देशमा
गणतन्त्र होस् वा राजतन्त्र फरक छैन शेषमा
दुवै नेपालीका करङ घोटेर चन्दन लगाउने हुन्
फरक त एक रुन्छ अर्को हाँस्छ उही परिवेशमा

एक सिलिन्डरमा

एक सिलिन्डरमा बिक्ने भो वीरको देश
थुक्क हाम्रो भाग्य, नेताका फुलेका केश
खायो धोती हल्लाएर नेपालको स्वाभिमान !
सकिएछ पराक्रमी पुर्खाको साहसी सन्देश !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x