साधुराम खड्काआजकल म अर्कै भाछु
कान म पटक्कै नसुन्ने
आँखा त म दिउँसै नदेख्ने भाछु
देशमा जेसुकै गन्हाए गन्हाओस्
म सुँघ्दै नसुँघ्ने भाछु
खान म जे खाए नि
स्वादै नपाउने भाछु
सरकार खै कहाँ छ
पत्तै नपाउने म भाछु
भ्रष्टाचारी कर्मचारीलाई त म
बुझ्दै नबुझ्ने भाछु
देश प्रति गद्दार नेताहरूलाई
श्रद्धान्जली दिन तयार भाछु
नाकाबन्दी छ भन्छन् देशमा
छ्वालीले भात पकाएर खाछु
जलश्रोतको धनी रे मेरो देश
पैसो तिरेर पानी अनि
बेफ्वाँकमा बिजुलीको तार टाँगेको छु
म पनि त के कम छु र
कसैले केहि सोधे भने
देशमा नाकाबन्दी छ
आजकाल म अर्कै भाछु भन्दिन्छु !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































