लेख निरौलापड्कियो कि चड्कियो !
चल्दै थियो त्यो पनि पड्कियो नै
खाँदै गरेको पनि अड्कियो नै
प्रकाश खोज्दा कति त्रास पाएँ
झन्डै यही जीवन नै गुमाएँ ।।
विद्युत् भए पाक्छ र खान्छु भन्दै
बस्दै थिएँ भोक भविष्य गन्दै
एक्कासि पड्केपछि कान चड्के
आशाहरू व्यर्थ समान अड्के ।।
धारा सुके झैँ जल छैन भित्र
प्रकाश पानी सब छन् विचित्र
शरीर धान्ने कति वस्तु छैनन्
काँचो सबै पाच्य हुँदै हुँदैनन् ।।
कथा बने च्यानल वा टिभी ती
के चल्न सक्थो अनि नेट प्रीति
खाना जसो होस् जति अन्धकार
छ सेल जुत्ता भिड बार बार ।।
भित्रिन्न रे इन्धन द्वार द्वार
गाडी गुडेका कसरी अपार !
होटेल यस्ता कति व्यस्त उस्तै
न ग्यास वा इन्धन शून्य जस्तै ।।
म मात्र कस्तो न त गुड्छ केही
प्रकाश वा इन्धन मिल्छ केही
खाँदै गरेको पनि अड्किइन्छ
बेकार आफ्नो शिर चड्किइन्छ ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































