साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पड्कियो कि चड्कियो !

Nepal Telecom ad

चल्दै थियो त्यो पनि पड्कियो नै
खाँदै गरेको पनि अड्कियो नै
प्रकाश खोज्दा कति त्रास पाएँ
झन्डै यही जीवन नै गुमाएँ ।।

विद्युत् भए पाक्छ र खान्छु भन्दै
बस्दै थिएँ भोक भविष्य गन्दै
एक्कासि पड्केपछि कान चड्के
आशाहरू व्यर्थ समान अड्के ।।

धारा सुके झैँ जल छैन भित्र
प्रकाश पानी सब छन् विचित्र
शरीर धान्ने कति वस्तु छैनन्
काँचो सबै पाच्य हुँदै हुँदैनन् ।।

कथा बने च्यानल वा टिभी ती
के चल्न सक्थो अनि नेट प्रीति
खाना जसो होस् जति अन्धकार
छ सेल जुत्ता भिड बार बार ।।

भित्रिन्न रे इन्धन द्वार द्वार
गाडी गुडेका कसरी अपार !
होटेल यस्ता कति व्यस्त उस्तै
न ग्यास वा इन्धन शून्य जस्तै ।।

म मात्र कस्तो न त गुड्छ केही
प्रकाश वा इन्धन मिल्छ केही
खाँदै गरेको पनि अड्किइन्छ
बेकार आफ्नो शिर चड्किइन्छ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x