साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको खिचडी गोष्ठी

Nepal Telecom ad

काठमाडौं, १ माघ । माघेसङ्क्रान्तिको अवसर पारेर आरम्भले खिचडी कविता गोष्ठी भब्यरुपमा सम्पन्न गरेको छ । प्रमुख अतिथि डा गोविन्दराज भट्टराई तथा डा तुलसी भट्टराई र चट्याङ मास्टर विशेष आतिथ्यमा सम्पन्न भएको उक्त कविता गोष्ठीमा अधिकाङ्स स्रस्ठाहरूले नाकाबन्दी र प्रधानमन्त्री केपी ओलिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्ना रचना प्रस्तुत गरेका थिए ।

आरम्भका अध्यक्ष व्यङ्ग्य कवि प्रेम ओली ढकलपुरेको अध्यक्षतामा भएको सो कार्यक्रममा चट्याङ मास्टर, राम प्रसाद पन्त, प्रेम ओली ढकलपुरे, मनिराज सिंह, सुमी लोहनी, थरेन्द्र बराल, इन्दु अङ्शु, डिल्लीप्रसाद मुलतिउन, जीवराज बुढाथोकी, सरद डिसी, मेदनी कुमार केवल, भुवन थापा, बामदेव शर्मा, पुण्य आचार्य, उदास कार्की, दिनेश लुइँटेल, एटम बिद्रोही, सुशिला खड्का हसिना, राजन न्यौपाने, जनार्दन धड्कन, विजय विश्वास, ईश्वरी कार्की वर्षा किर्ते पौडेल, काली दास, कमला रिसाल, गोपाल नेपाल, मोहनमणि पोखरेल, उर्मिला पन्त, टेक बहादुर कोइराला, सिता पौडेल, ब्रह्म प्रिय प्रेमस्वरुप लगायत तीन दर्जन भन्दा बढीले नेपाली, हिन्दी, मैथिली र अवधी भाषामा कविता, गजल, मुक्तक र गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिले आफ्नो मन्तब्य राखेका थिए भने डा तुलसी भट्टराईले समीक्षात्मक मन्तव्य दिएका थिए । रघुनाथ अधिकारीले सन्चालन गरेको सो कार्यक्रम ब्लु स्काइ पब्लिक स्कुलमा आयोजना गरिएको थियो । 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x