साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा प्रतिष्ठानको तिसौँ प्राज्ञसभा

Nepal Telecom ad

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३० औ प्राज्ञसभा सम्पन्न भएको छ । पुस २८ गते प्रज्ञा परिसरमा उद्घाटन सत्रलाई प्रमुख संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । उहाँले सामाजिक चेतना निर्माणमा स्रष्टा एवम् कलाकर्मीहरूको भूमिकालाई राष्ट्रले कदर गर्नु पर्ने बताउनु भयो । मुलुकलाई विखण्डित पार्ने षड्यन्त्र भइरहेको बताउँदै उहाँले राष्ट्रिय स्वतन्त्रता स्वाभिमान र अखण्डताका पक्षमा आफ्ना सिर्जनालाई तिखार्न लेखक स्रष्टाहरूलाई आव्हान गर्नुभयो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुभाषी र बहु सांस्कृतिक विधिता नै यो राष्ट्रको पहिचान हो यसलाई समुन्नत बनाउन प्रज्ञा प्रतिष्ठान सचेतनता पूर्वक लागिरहको बताउनु भयो । त्यसै गरी पूर्व कुलपति बैरागी काइँलाले आफ्नो समग्र जीवन भाषा साहित्यकै क्षेत्रकमा समर्पण गरेका भाषा साहित्यसेवीप्रति राज्य सम्वेदनशील हुनु पर्ने बताउनु भयो । उद्घाटन सत्रमा उपकुलपति विष्णु विभु घिमिरेले स्वागत मन्तव्य र सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले धन्यवाद ज्ञापन गर्नुृ भएको थियो ।

प्राज्ञसभाको दोस्रो सत्रमा सदस्यसचिवद्वारा प्रस्तुत प्रतिष्ठानको वार्षिक पतिवेदन र आर्थिक प्रतिवेदनमाथि सभासद्वारा छलफल सहित पारित गरियो । सभाले वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, निनु चापागाइँ र मञ्जु काँचुलीलाई नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । त्यसै गरी नेपाली वाङमयको क्षेत्रमा विशिष्ट योगदान गर्ने १२ जना भाषा तथा साहित्यसेवीलाई प्रज्ञाप्रतिष्ठानद्वारा पुरस्कृत गर्ने प्रस्तावलाई पनि प्राज्ञसभाले अनुमोदन गरेको छ ।

नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा. डा. माधवप्रसाद पोखरेल र प्रा. डा. नोबल किशोर राईलाई प्रदान गरिने भएको छ ।
प्राज्ञ सभाले उहाँहरूलाई क्रमशः २०६९–७० र २०७१–७२ वर्षका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, नेपाल प्रज्ञा संस्कृति, दर्शन र सामाजिक शास्त्र पुरस्कार डा. राजेन्द्रप्रसाद विमललाई (२०६९–७०) का लागि र डा. जगमान गुरुङलाई (२०७१–७२) लागि प्रदान गरिने छ । दधिराज सुवेदीलाई (२०७०) का लागि, गीता केशरीलाई (२०७१) का लागि र नरेशकुमार शाक्यलाई (२०७२) का लागि नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार अन्तर्गत हिमाल पहाडमा बोलिने मातृभाषा साहित्यका लागि येहाङ लावती (लिम्बू भाषा) २०७०, प्रतिसरा सायमी (नेपाल भाषा) २०७१ र गडुलमान राई (राई चाम्लिङ भाषा) २०७२ का लागि छनोट भएका छन् । तराईमा बोलिने मातृभाषा साहित्यका लागि महेश चौधरी (थारु भाषा) २०७०, सच्चिदानन्द चौबे (अवधी भाषा) २०७१ र फुलसिंह राजवंशी (राजवंशी भाषा) २०७२ का लागि छनोट भएका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x