साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाइसेन्स

Nepal Telecom ad

बारै ढाले पनि
पोलै फाले पनि
बाइक पल्टाए पनि
गाडी उल्टाए पनि
लाइसेन्स त पाइन्छ
तर यसको लागि
हातमा ट्याक्कै चाहिन्छ ।

अरुले पनि देलान्
हामी भन्दा कम रेट पनि लेलान्
तर होस पुराउनु होला
फेरि नक्कली लाइसेन्स देलान्
हामीबाट त सक्कली पाइन्छ
तर यसको लागि दुइचार हात्ती चाहिन्छ ।

हात्तीले हानेपछि
लात्तिले हाने पनि
लिखित खितखित गर्छ
ट्राइल फितफित गर्छ
हात्ती, बाघ गैंडा भएपछि
तपाईंको दाइना पर्छ
नगद नारायण भनेपछि
तपाईंको लाइसेन्स घरमै आउँछ
ट्राइ गरेर हेर्नुस् न
हात्ती गैंडा चढाएपछि
लाइसेन्सले आफै कसरी धाउँछ ।

हात्तीको लात्ती लागेपछि
कौवा पनि हाँस हुन्छन्
गैंडाको सिङले हानेपछि
फेल हुने पनि पास हुन्छन्
नगद नारायण भएन भने
पास हुने पनि फेल हुन्छन्
राम्रै अङ्क आउने पनि सेल हुन्छन्
तपाइँलाई के थाहा
यहाँ भित्र कस्ता कस्ता खेल हुन्छन् ।

हात्ती गैंडा भएनन् भने
पास हुने पनि खास हुँदैन
काम हुने पनि आस हुँदैन
हामीले लाइसेन्स हुनेको ग्यारेन्टी नै दिन्छौँ
काम भएन भने पनि
एक वर्षको वारेन्टी दिन्छौँ ।

लाइसेन्स लियो भने
अर्काको पर्खाललाई ढोग्न पाइन्छ
साँढेले झै सिङुरी खेल्दै
रेलिङ नै बोक्न पाइन्छ
झोँक चल्यो भने
रिस उठेको मान्छेलाई पनि ठोक्न पाइन्छ ।

बन्दुकको लाइसेन्स भए पनि
बाघै मारे पनि जेल हुन्छ
तर यसको लाइसेन्स भए
मान्छे मारे पनि झेल हुन्छ
घिसारेर मारे पनि
ब्याक गरेर मारे पनि
ऐन कानुन फेल हुन्छ
त्यसैले तपाईं पनि आउनुहोस्
एकहातले हात्ती थमाउनुस्
अर्को हातले लाइसेन्स समाउनुस् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x