साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीका केही ठोकान–२

Nepal Telecom ad

१.हुनुसम्म भो

बिजुली अनुसार नाच्दै जाउलो जुटाउँदै
टुप्पी खिउन्जेल हिँड्दै पैतालो फुटाउँदै
अरूका भरमा बाँच्दा हुनुसम्म बर्बाद भो
छिमेकका स्वार्थ पाल्दै डुब्यौँ थाप्लो समाउँदै ।

२. उतैको मिठो

भात पनि उतैको मिठो बात पनि उतैको मिठो
जात पनि उतैको मिठो हात पनि उतैको मिठो
दिल्ली गई गर्दा त झन् मिठो झुटो हल्लीखल्ली
साला नेपालको के मिठो, लात पनि उतैको मिठो ।

३. खोइ के भनौँ

मानवीय सङ्कट भने पनि बिजुली(चुला उतैका बिके
इन्धन सङ्कट भने पनि काला–इन्धन उतैका बिके
खोइ स्वाभिमानी राष्ट्रवादले कुन नदीमा हाम फाल्यो
अधिकार(लडाइँ भने पनि विद्रोही नेता भातैमा बिके ।

४. खोज्छौ विशेष सुविधा !

देशका लागि गरेका के छौ र खोज्छौ विशेष सुविधा
जनताका लागि गरेकै छौ के र रोज्छौ विशेष सुविधा
द्वन्द्व्, भ्रष्टाचार, बेइमानीले रसातलमा झारेको देशमा
शान्ति, समृद्धि केही नगरी भोग्ने किन विशेष सुविधा ।

५. स्वाहा हुने भो

भूकम्प र नाकाबन्दीले हाडछाला बनेको देशमा
फेरि दाह्रानङ्ग्रा गाड्न कसिए ब्वाँसाका भेषमा
लूटका अनेक प्रपञ्चले पुगेन क्यार द्रव्यपिशाचलाई
बचेखुचेको अस्तित्व स्वाहा हुने भो सुविधा विशेषमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x