साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योद्धाको झोपडी

Nepal Telecom ad

मजदुरको हातले पारेको
चिनियाँ इँटाको यो पर्खाल,
श्रमिकको रगत चढेको
कमरेडको हृदयजत्रै अग्लो
यो फलामको ढोका,
ढोकाभित्र छिरेपछि देखिने
दासअटोका भोग्सवागन कारहरू,
कारभित्रका सिटमुनि लुकाइएका
योद्धाको क्रान्तिचेतलाई जुरुक्कै उचाल्ने आधुनिक खुराकहरू
यी सवै बस्तुमा हाम्रा योद्दाले
क्रान्तिको साइनो जोड्नु भएकै छ

विरोधीहरू प्रतिक्रान्तिकारी भन्छन्
कमरेडलाई सानो झोपडी लाग्ने
यो महलको ढोकामा हेर्नोस्
यहाँ क्रान्ति नै क्रान्ति खोपिएको छ
यी कामात्मक बुट्टाहरू
कालीगढ श्रमिकले नै भरेका हुन्,
ढोकाबाट भित्र छिर्दा तपाइँले टेक्ने भुइँको सिंगमर्मर
त्यसमा पनि खानी मजदुरको जीवन मिसिएको छ,
अब भन्नोस्–
योद्धाको झोपडीमा कहाँ प्रतिक्रान्ति भयो ?

बस्नोस् यो सानो आश्रमकक्षमा
यो सामान्य सोफामा बेरिएको छाला
कमरेड लेनिनकै देशको हो,
भुइँमा ओछ्याइएको यो नाथे गलैँचा
ईटालीका गार्मेन्ट श्रमिकले बुनेका हुन्,
चम्किरहेको यो चाँदीको टि–टेबल
महंगो काठको हुँदै होइन,
उ त्यो पर हेर्नोस् त–
एउटा दराज छ,
त्यसको ढोकामा ऐना छ,
कमरेड ऐना हेर्नुहुन्छ र भन्नुहुन्छ–
संसार साँच्चै नै बदलिएछ

उ त्यो अर्को दराजभित्र
केही थान मयलपोस कपडा छन्,
त्यसलाई कमरेड थाङ्ना भन्नुहुन्छ,
त्यो पनि मजदुरले नै बनाएका हुन्,
मजदुरकै श्रमले बनेको यो कोटरीलाई
तपाइँ कसरी वर्गउत्थानको स्वर्ग भन्नुहोला र ?

यो कमरेडको अध्ययन कक्ष हो
चारैतिर भित्तामा हेर्नोस्–
त्यो माक्र्सवाद हो,
त्यो दास क्यापिटल हो,
त्यो ड्युहरिङ मत खन्डन हो,
त्यो माओको रेड बुक हो,
यी सवै पुस्तकमा बीच बीचमा
केही हजार करोडका खातापाता छन्,
केही चेक र भौचर छन्,
यी सवै हिसाब
योद्धाले वर्गयुद्धकै लागि राख्नुभएको हो

क्रान्तिका ऐतिहासिक दस्तावेजहरू राखिएको
रिमोट कन्ट्रोलवाला त्यो सामान्य ¥याक हेर्नोस्
त्यहाँ क्रान्तिकै कुरा छ,
जब कमरेड रिमोट दबाउनुहुन्छ
खुल्छन् क्रान्तिका दस्ताबेजहरू
तर्सन्छन् सत्ताधारीहरू
र खुल्छ–
सर्वहारा सत्ताको बाटो

बत्ती हेर्नोस्,
धारा हेर्नोस्,
चर्पी हेर्नोस्,
जे हेर्नुहुन्छ–ः
ती सवै श्रमिकले बनाएका उत्कृष्ट सृजनाहरू हुन्
अब भन्नोस्– प्रतिक्रान्ति कहाँ भयो ?

महान कमरेडको यो झोपडीमा
तपाइँलाई न्यानो स्वागत छ,
लिनोस् यो सोमरस
सुन्नोस् त्यो आवाज
मजदुरकै हतौडाको हो,
कमरेडले सुनको चर्पी बनाउँदै हुनुहुन्छ,
किन कि माओले भन्नुभएको छ–
सुन चर्पीमा मात्र काम लाग्छ ।

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x