साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरुस्वार्थ नछाँट हे !

Nepal Telecom ad

मौरीको मह त्यो चाख्न मल्साँप्राहरूले सके,
जनता महका माखा मात्रै बन्ने भयौँ सखे !!
यी हाम्रा राजनेताको यौटै सिद्धान्त देखियो,
जस्को शक्ति उनै खाउन् नसक्नेले मरे भयो !!

श्रममा जोतिने खाली अभागी खच्चरै रहे,
बडेमाका मुसा टाठा रातारात धनी भए !!
रोडमा जनता मात्रै कुटिएछन् कठैवरी,
सर्पका जुक्तिमा लाग्दा गड््यौला चुटिएसरी !!

कहाँ छन् धानका रास कहाँ फल्छन् सुनाखरी,
घुम्छन् र्यालै चुहाएर त्यस्कै मात्र वरिपरी !!
पछुतामै बिते राती छेपाराका चिसा यता,
घडेरी लाख मुसाका बनेछन् छिनमा उता !!

मरेका ठान्दथ्यौँ हामी नाच्नथाले तिनै उठी,
जनता हामी यस्ता छौँ लौरो भुल्ने मुसा चुटी !!
बिरालो एउटा आँटी मैले सक्छु भनी गयो,
मुसाको भिडमा पस्दा बिरालो नि मुसा भयो !!

नल्याउन् बिजुली बत्ती निभाउन् मण्डपी दियो,
अँध्यारोमै सबै ईच्छा उस्को पूर्ण हुनेथियो !!
कुरा मिल्ला कहाँ ? उस्तै लफडा छ हुने भरे,
सयौँ कुकुरका दृष्टि यौटै हाड–हाडमाथि परे !!

नयाँ नेपालको स्वप्ना देख्दछौ यसरी किन ?
तातो उन्मादका खोक्रा नाराले पेट भर्दिन !!
जाऊ सुस्ता र नालामा तिम्रो आँट यदि भए,
मरेको बाघ त्यो कुट्दै पुरुस्वार्थ नछाँट हे !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x