साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिस्नुपानी नेपालको दुई थोपा हाँसो

Nepal Telecom ad

हाँसोको मापन थोपा, मिटर, लिटर, स्केल, टन, मन केमा गरिन्छ, त्यसको आधिकारिक जानकारी प्राप्त नभएपछि सिस्नुपानी नेपालले थोपामा मापन गर्ने निर्णय गरेको गजुरियल विश्लेषण छ । थोपामा यस कारण कि आँसु र हाँसो हाम्रो भावनाका जुम्ल्याहा सन्तान हुन् । फरक यति मात्र हो, आँसु सुख र दुस्ख दुवैमा झर्छ, हाँसो खुसीमा मात्र जन्मन्छ । आउनुहोस्, सिस्नुपानी नेपाल दुई थोपा हाँसो बोकेर खाडी मुलुक हिँडिरहेको प्रसंगको गजुरियल विश्लेषण गरौं ।

भुइँचालोले नेपाली भूमि थिलथिलो भयो । आन्दोलनले अर्थतन्त्र तहस–नहस बनायो । नाकाबन्दीले बजार लंगडो बन्यो । महँगीले मानिसलाई मर्नु न बाँच्नुको दोसाँधमा र्पुयायो । चारैतिरबाट कालो बादलले घेरिएको नेपाललाई वैदेशिक रोजगारीमा गएका नेपालीले रेमिट्यान्सको पिल्पिले उज्यालो पठाइरहे । देशलाई हौसला दिइरहे । अर्थतन्त्रलाई टेवा र्पुयाइरहे । उनीहरूलाई सलाम गर्न सिस्नुपानी नेपालले दुई थोपा हाँसोको कोसेली बाँड्ने प्रयास गरेको गजुरियल ठम्याइ छ ।

बाआमाले जसोतसो मीठो–मसिनो खान पाएका छन् । श्रीमतीले स्किनटच मोबाइल चलाएकी छिन् । छोराछोरीले बाइक र स्कुटर दौडाइरहेका छन् । खरको छानाले टिलिक्क टल्किने टिन पाएको छ । टिनको छानामाथि डिस एन्टेना ठडिएको छ । बजारमा सानो घडेरी जोडिएको छ । यी सबैमा वैदेशिक रोजगारीमा गएका नेपालीको हात भएकाले तिनीहरू राष्ट्रिय सम्मानको लायक छन् भन्ने भन्ने ठम्याइ हो ।

वैदेशिक रोजगारीका राम्रा–नराम्रा दुवै पाटा होलान् । तिनीहरूको पहिचान, न्यूनीकरण र समाधानको प्रयास दुई थोपा हाँसो हो भन्ने गजुरियल ठम्याइ छ ।

कतै कम्पनीले दिन्छु भनेको दाम दिएको छैन होला । एजेन्टले फोन उठाउँदैन होला । ठिक समयमा तलब मिल्दैन होला । मिले पनि त्यसले खान पुग्दैन होला । कहाँ भन्ने ? कसलाई सुनाउने ? उजुरी गर्ने माध्यम के हो ? सुनुवाइ होला कि नहोला ? यस्ता सामान्य जानकारी नभएर वैदेशिक रोजगारीमा रहेका श्रमजीवीहरू दुस्खद जीवन बाँचिरहेका होलान् । यही विषयमा दूतावासलाई घचघच्याउन, कन्सुलेटलाई तताउन, एनआरएनहरूलाई अघि बढ्न, नेपाली व्यापारी र सामाजिक संस्थाहरूलाई अझै सहयोगी बन्न उत्प्रेरित गर्न पनि दुई थोपा हाँसो–बाँड्नुपरेको गजुरियल ठम्याइ छ ।
विदेश बसेको वर्षौं भैसक्यो होला । छुट्टी मिल्ने सम्भावना छैन होला । पतिसँग कहिलेकाहीं मात्र कुरा हुन्छ होला । पत्नीको फोन प्राय बिजी रहन्छ होला । त्यही कारण अस्ति निकै ठूलो भनाभन भयो होला । बाबुआमाको झगडाका कारण छोराछोरीको पढाइ पनि अप्ठेरोमा र्पयो होला ।

लामो समयसम्म छुट्टिएर बस्दा शंका, उपशंका, अभाव र निराशा तथा आक्रोशजस्ता मनोदशा श्रमजीवीमा आउनु स्वभाविक हो । परिवार व्यवस्थापन, तनाव न्यूनीकरण र स्वस्थ जीवनशैली सिकाउन सिस्नुपानी नेपाल विज्ञका साथ दुई थोपा हाँसो लिएर जान लागेको गजुरियल ठम्याइ छ ।

परदेशको मामिला । कहिलेकाहीं जान–अन्जानमा गल्ती–कमजोरी हुन सक्छन् । सानो गल्तीले स्वयम् मजदुरलाई मात्र होइन, सिंगो नेपालको नाम बदनाम हुन सक्छ । यतातर्फ पनि विदेशमा सचेतना फैलाउनुपर्ने गजुरियल ठम्याइ छ । उनीहरूको नियम मान्नुपर्छ । उनीहरूको कानुनलाई जान्नुपर्छ, संस्कृति बुझ्नुपर्छ, तिनीहरूको परम्पराको ख्याल गर्नुपर्छ भन्ने दुई थोपा सचेतना पनि सिस्नुपानीले दिने गजुरियल ठम्याइ छ ।

वैदेशिक रोजगारीमा जानु भनेको केही हजार रियल वा रिंगेट नेपाल पठाउनु मात्र होइन, सीप सिक्नु पनि हो । जे काम गरिन्छ, त्यो मालिकको काम गरेको नठानी यो सीप नेपाल फर्किएपछि काम लाग्छ भन्ने मान्नुपर्छ । स्वदेश फर्किएर त्यही काम आफ्नै देशमा गर्ने सपना बुन्नुपर्छ । आफ्नै आमाले पकाएको भात खाएर काममा जाने, पत्नीको औंला समाउदै हाट भर्ने, छोराछोरी र्डोयाउँदै स्कुल र्पुयाउने सपना साँचेर सीप सिक्न दुई थोपा हाँसोमार्फत सिस्नुपानी नेपालले अनुरोध गर्न खोजेको गजुरियल अपेक्षा छ ।

साप्ताहिक, माघ १०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x