सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रश्रित प्रतिष्ठान अब काठमाडौंमा पनि

Nepal Telecom ad

बुटवल, झापा र मोरङमा क्रियाशील प्रश्रित प्रतिष्ठान अब राजधानीमा पनि सक्रिय हुने भएको छ । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको नामसँग जोडिएर स्थापित प्रतिष्ठानले बिगत केही वर्षदेखि विभिन्न साहित्यिक सांस्कृतिक गतिविधि गर्दै आएको छ ।

मोरङमा सङ्गठित कोशी स्तरीय प्रतिष्ठानका अध्यक्ष उपेन्द्र पागलको सक्रियतामा राजधानीमा सम्पन्न प्रबुद्ध स्रष्टाहरूको भेलाले प्रश्रित प्रतिष्ठानको उपत्याका शाखाको तदर्थ समिति गठन गरेको छ । मोदनाथ प्रश्रितका सहयात्री स्रष्टा रामप्रसाद प्रदीपको संयोजकत्वमा गठित समितिमा नरनाथ लुइँटेल, भागवत आचार्य, डा.सुधन पौडेल, यादव भट्टराई, डा. विन्दु शर्मा, रमेश शुभेच्छु र नवराज रिजाल रहनु भएको छ ।

त्यसैगरी भेलाले समितिको सल्लाहकारमा प्रा. राजेन्द्र सुवेदी, खगेन्द्र राई, विष्णु प्रभात, शान्ता मानवी, राम विनय, गोपीरमण उपाध्याय, डा. सुषमा आचार्य र डम्बर घिमिरेलाई मनोनयन गरेको छ ।

यथासमयमै प्रतिष्ठानको विधान अनुरूप समितिको संरचनालाई पूर्णता दिने र मोदनाथ प्रश्रितको बहुआयामिक व्यक्तित्वका बारेमा शोध अनुसन्धान कार्यलाई अघि बढाउँदै विविध कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता संयोजक रामप्रसाद प्रदीपले व्यक्त गर्नु भयो ।

भेलामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रश्रित प्रतिष्ठानले छोटो अवधिमा कोशी, मेची र बुटवलमा गर्दै आएको साहित्यिक र सांस्कृतिक गतिविधि प्रशंसायोग्य रहेको बतताउनु भयो ।

प्रतिष्ठानका कोशी अध्यक्ष उपेन्द्र पागलले उपत्याकालाई आधार बनाएर स्थापित यस शाखाले प्रश्रितको राष्ट्रिय व्यक्तित्वसँग जोडिएका उहाँको पुस्तकालय, पाण्डुलिपि, कला आदिको सुव्यवस्था र संरक्षणमा समेत भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

भेलामा राजेन्द्र सुवेदी, गोपीरमण उपाध्याय, खगेन्द्र राई, नरनाथ लुइँटेल, विष्णु प्रभात लगायतले मोदनाथ प्रश्रितसँग केन्द्रित पुराना प्रसङ्गहरूको चर्चा गर्नुभएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad