साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य गोष्ठी सम्पन्न

Nepal Telecom ad

काठमाडौं २०७२ माघ ९ गते । राजधानीको पुरानो सिनामंगल, पेप्सीकोला, टाउनप्लानिङ पनि भनिने मनोहरवस्तीमा स्थानीय ग्लोबल पब्लिक स्कुलको सभाकक्षमा प्रस्तावित मनोहरा साहित्य समाजको चौथो मासिक साहित्य गोष्ठी सम्पन्न भयो । प्रत्येक महिनाको दोस्रो शनिवार आयोजना हुने यो गोष्ठी विगत ३ महिनादेखि कोठेगोष्ठीका रूपमा चलिआएको थियो ।

वयोवृद्ध पूर्वप्राध्यापक, लेखक तथा चिन्तक डा. खगेन्द्रनाथ शर्माको प्रमुख आतिथ्यमा सम्पन्न यस गोष्ठीको सभापतित्व यसका परिकल्पनाकार मध्येका प्रकाशमणि दहालले, स्वागत मन्तव्य डिल्लीराज अर्यालले र संचालन असीम कुमार उपाध्यायले गर्नु भएको थियो । अन्य परिकल्पनाकार शीतल गिरी, पूजन भट्टराई, जसध्वज गुरुङ, छविरमण सिलवाल, बिकु लामा तथा लीलाराज दहाल रहनुभएको बताइयो ।

स्थानीय र आमन्त्रित साहित्यप्रेमीको बाक्लो उपस्थितिमा सम्पन्न गोष्ठीमा सुपरिचित साहित्यकार नारायण तिवारी, प्रतीक ढकाल, भोजराज रेग्मी, सीता सुवेदी, निर्मल सुवेदी, लीलाराज दहाल, सुनील पुरी, असीमकुमार उपाध्याय, डिल्लीराज अर्याल, प्रकाशमणि दहाल आदि र थुपै्र विद्यार्थी नवकविले कविता वाचन गर्नुभयो भने सुपरिचित गजल गायक रामबहादुर पहाडीले आफ्नो गायनद्वारा मुग्ध पार्नुभयो ।

प्रमुख अतिथि डा. शर्माले साहित्य आत्मविकासको सर्वोत्तम माध्यम भएको उल्लेखसहित यस नामजस्तै मनोहरवस्तीमा साहित्य समाजको स्थापना हुनु अत्यन्त राम्रो र त्यसको नाम पनि मनोहरा नै रहनु झन् खुसीको कुरा भएको बताउनुभयो र यसका गतिविधिमा अन्य आकर्षण पनि थप्तै लाने सुझावसहित यसको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

अन्त्यमा सभापति प्रकाशमणि दहालले भाषाले नै मानिसलाई सबै प्राणीमा सर्वोच्च पारेको, मानवमा पनि भाषाको कुशल प्रयोगले नै वरीयता दिलाउने, यसको निरन्तर साधना हुनुपर्ने, साहित्य नै त्यसको सर्वोत्तम साधना भएको, त्यसैले मानिस र साहित्य अभिन्न रहेको, लोकसाहित्यबाहेक औपचारिक अभिलेख साहित्यको विकासका निमित्त यस्तो संस्थागत प्रयास आवश्यक भएकाले यो समाजको स्थापनातर्फ पहल गरिएको हुँदा यसको विकासमा हात बढाउन अनुरोध गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
–प्रकाशमणि दाहाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x