साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको धोको पुरा हुन्छ र ?

Nepal Telecom ad

फाँसी चढ्न र लड्न तत्पर भई पारेर ठाडो शिर
प्राणोत्सर्ग गरे हिजो मुलुकको उत्थानका खातिर ।
सत्तासीन हुने रहेछ बहिरो बोलाउँदा सुन्छ र
‘के माल्यार्पण मात्रले’ सहिदको धोको पुरा हुन्छ र ?

छाती पर्वत झैकक फराक मनमा धोको प्रजातन्त्रको
नेपाली जनता स्वतन्त्र र खुसी राख्ने महामन्त्र हो ।
अर्पे जीवन स्वार्थले रहित भै मान्छे कहाँ गुन्छ र
‘गर्दा एकदिने बिदा’ सहिदको धोको पुरा हुन्छ र ?

के पाए र मरेर यो मुलुकको उत्थानका नाममा
सत्ताको अपमानले सहिद ती बिक्री भए दाममा ।
सम्झी त्याग र देन ती सहिदको खै को कहाँ रून्छ र ?
‘थोत्रा भाषण मात्रले’ सहिदको इच्छा पुरा हुन्छ र ?

गाडीबाट खस्यो म(यो सहिद भो आफैकक मरेको पनि
पार्टीको बलमा बन्यो सहिद त्यो को गर्छ खै खोजनी ?
सस्तो लाग्दछ शब्द नै ‘सहिद’ के आधारले चुन्छ र
‘राखी मूर्ति जताततै’ सहिदको धोको पुरा हुन्छ र ?

सत्तालोलुपता र अर्थप्रियता यो भ्रष्टता, संशय
होला खिन्न मनस्थिति सहिदका आफन्तको निश्चय ।
आत्मा हिँड्दछ भड्किई सहिदको सत्ता कहाँ सुन्छ र
‘राखी पाठ किताबमा’ सहिदको धोको पुरा हुन्छ र ?

सुर्खेत

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x