सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शहीदको धोको पुरा हुन्छ र ?

Nepal Telecom ad

फाँसी चढ्न र लड्न तत्पर भई पारेर ठाडो शिर
प्राणोत्सर्ग गरे हिजो मुलुकको उत्थानका खातिर ।
सत्तासीन हुने रहेछ बहिरो बोलाउँदा सुन्छ र
‘के माल्यार्पण मात्रले’ सहिदको धोको पुरा हुन्छ र ?

छाती पर्वत झैकक फराक मनमा धोको प्रजातन्त्रको
नेपाली जनता स्वतन्त्र र खुसी राख्ने महामन्त्र हो ।
अर्पे जीवन स्वार्थले रहित भै मान्छे कहाँ गुन्छ र
‘गर्दा एकदिने बिदा’ सहिदको धोको पुरा हुन्छ र ?

के पाए र मरेर यो मुलुकको उत्थानका नाममा
सत्ताको अपमानले सहिद ती बिक्री भए दाममा ।
सम्झी त्याग र देन ती सहिदको खै को कहाँ रून्छ र ?
‘थोत्रा भाषण मात्रले’ सहिदको इच्छा पुरा हुन्छ र ?

गाडीबाट खस्यो म(यो सहिद भो आफैकक मरेको पनि
पार्टीको बलमा बन्यो सहिद त्यो को गर्छ खै खोजनी ?
सस्तो लाग्दछ शब्द नै ‘सहिद’ के आधारले चुन्छ र
‘राखी मूर्ति जताततै’ सहिदको धोको पुरा हुन्छ र ?

सत्तालोलुपता र अर्थप्रियता यो भ्रष्टता, संशय
होला खिन्न मनस्थिति सहिदका आफन्तको निश्चय ।
आत्मा हिँड्दछ भड्किई सहिदको सत्ता कहाँ सुन्छ र
‘राखी पाठ किताबमा’ सहिदको धोको पुरा हुन्छ र ?

सुर्खेत

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख