साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको सपना

Nepal Telecom ad

हामी पर्यौँ विकट कष्टविषे सदैव ।
सम्झेर बस्नु नभए पनि पर्छ दैव !
क्या यो छ जीवन कठै पशुकै समान !
बोली फुटाल्न नमिली भइ थर्कमान ।।

छौँ च्यापिई सहज दास बनीरहेका ।
धारा सहस्र पसिना चुहि नै रहेका !
टाढा छ न्याय निमुखाहरूका निमित्त ।
त्यै भैदिएछ नजिकै धनिका निमित्त ।।

यस्तो छ हालत भएन सहेर सारा ।
वीते कति मनुज देख्न नपाइ तारा !
व्याप्तै छ देश अति शोषणका रसीमा
घोट्नु छ देशकन चेतनको कसीमा !!

अन्यान्य राष्ट्रहरुमा कति भो विकास !
हामीहरू बिच सधै छ कडा विवाद !!
त्यागेर स्वार्थ हित गर्नु छ रङ्कलाई !!!
जो गर्दछन् गदर जीवन धान्नलाई ।।

पुगे भनिन्छ शशिमा नर टेक्न पाउ ।
घुमे भनिन्छ नभका अनगिन्ति ठाउँ !
देखे भनिन्छ जिवका अति सूक्ष्म कोष ।
हिम्मत् झिकेर नगरेपछि के छ दोष ?

उडे पराइहरू वायु बनाई यान ।
गूडे पराइहरु नै चढि जीप भ्यान !!
देशोन्नती गर न ऊठ जगाउ ज्यान ।
खप्छौ कती सकस भो अब थूत म्यान ।।

पल्टाउ पर्वत पहाड पछार साथी !
जो गर्दछन् दमन शोषण आफूमाथि ।
छप्काउ छोप छलछाम गरी ठगेका ।
जो छन् कसिङ्गर सरी धनमै बगेका ।।

कालो कलङ्कविनु देश बनाउ साफ ।
चोट्टाहरुकन कदापि नदेउ माफ !!
भन्ने अनेक दिलदार उदार वाणी ।
वाचा दिएर जनमानसमा वखानी ।।

भोग्यौ सजायँ अति क्रूर र भिष्म धेरै ।
गोली लियौ सहज वक्ष खुलाइ धेरै !!
अर्प्यौ शरीरतक सक्षम पार्न देश !
चाक्डी र चाप्लुसिविना लिइ ध्येय वेश ।।

देख्यौ निरन्तर मिठा अनगिन्ति स्वप्ना ।
फ्याँक्यौ निरङ्कुश प्रथा दिइ ज्यान दान ।।
साकार हुन्छ सपना भनि आश गर्दै !
आयौँ अनेक सिँढि पार गरेर बढ्दै ।

खै आज ती सकल स्वप्न कता परेछन् ?!?
सानन्द आफु पदमा सब मस्त नै छन् !!
ओहो ! सहीद सपना त कता गएछ ?
साकार हैन सपना सपनै भएछ !!

(आजभन्दा २१ वर्ष अघिको शहीद दिवस पारेर लेखेको रहेँछु यो कविता । यतिका वर्ष वित्दा र यत्रो परिवर्तन हुँदा पनि खै त शहीदको सपना सपनैमा सीमित हुने त भो नि ! उनीहरूले प्राण दिएको के यस्तै अवस्था ल्याउनको लागि हो ? उनीहरूको रगतले नधिक्कार्दै सोँचे हुन्थ्यो हाम्रा राजनेता–जननेता र धननेताहरूले !!!!)

बम्घा गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x