सुलसुलेभुसाललाई हेम–सरिता पाठक पुरस्कार
काठमाडौं, १५ माघ । भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका विजयी डा.भीष्मकुमार भुसाललाई हेम सरिता पाठक साहित्य पुरस्कार प्रदान गरिएको छ । राजधानीमा शुक्रबार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले नगद राशी र प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
फाउण्डेसनले भ्रष्टाचार विरोधी सन्देश सहितका कविताको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको थियो । अर्थ मन्त्रालयमा कार्यरत डा.भुसालको कविता प्रथम भएको थियो । हेम–सरिता पाठक फाउण्डेसनले विगत केही वर्षदेखि साहित्यका माध्यमबाट भ्रष्टाचार विरोधी योगदान पुर्याउनेहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा कुलपति उप्रेतीले भ्रष्टाचार समाजको अग्रगति र प्रगतिका लागि बाधक रहेको भन्दै यसका विरुद्ध विभिन्न अभियान सञ्चालन गरेर फाउण्डेसनले प्रशंसनीय काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो– विदेशमा बसेर पनि यो देशको समृद्धि र सुशासनका लागि काम गर्नु अनुकरणीय र प्रशंसनीय हो ।
हेम–सरिता पाठक फाउण्डेसनका संस्थापक हेमप्रसाद पाठकले साहित्य समाज परिवर्तनका सशक्त माध्यम भएकाले सर्जकहरूले समाज र राष्ट्रको हित हुने गरी काम गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो– जबसम्म मुलुकबाट भ्रष्टाचार समाप्त हुँंदैन, तबसम्म मुलुकले आर्थिक विकास गर्न सक्दैन ।
Subscribe
Login
0 Comments
Oldest











































