साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद स्मृति विशेष कविगोष्ठी

Nepal Telecom ad

काठमाडौं, २०७२ माघ २३ । अभिनव साहित्य समाजले १६८ औँ शृङ्खला अन्तर्गत शहीद दिवस २०७२ र शिशिर ऋृतुको अवसर पारेर शहीद स्मृति विशेष शिशिर कविगोष्ठी सम्पन्न गर्यो । वरिष्ठ छन्दवादी कवि श्री रमेश खकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित करिव १ सय मध्ये ३५ जना कवि कवयित्रीहरूले सहभागिता जनाएका थिए ।

समारोहमा अध्यात्मिक गद्यवादी कवि ब्रह्मप्रिय पे्रमस्वरुप द्वारिका चौलागाईद्वारा रचित ‘हृदय–बाँसुरी’ कविता सङ्ग्र्रहको लोकार्पण भएको थियो । सहभागी कविहरू मध्ये हरि खनाल, कीर्ते पौडल, तुलसी भण्डारी, संगीता घिमिरे, सरस्वती ढुंगाना आदिलाई प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।

अन्य सहभागीहरूमा रुद्र अघिकारी, मेनका, विष्णा विरही, बाजुराम, डा. शेषराज, प्रदीपरत्न, गफाडी, ब्रह्मप्रिय, घनश्याम, विमल अर्याल, कृष्ण गौतम, रत्ननिधि, गोविन्द नेपाल, रामचन्द्र दहाल, जनार्दन अधिकारी, राजन ढकाल, विजय विश्वास, ऋचा, वनवासी, संग्रौला, शान्ति रिसाल, केशवराज, दीपा, देउजा, हरिप्रसाद, श्याम सम्यक, सिम्रन लामा, भावुक, जगदीश्वर पोखरेल, श्रीधर, भाग्यशाली, गुणराज गौतम आदि हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा शीतल गिरी रहनुभएको थियो ।

कार्यक्रममा घनश्याम प्रसाईले स्वागत, परशुराम पराशरले समीक्षा, समाजका अध्यक्ष वेदमणिले धन्यवाद ज्ञापन र शारदा पराजुलीले उद्घोषण, गर्नुभएको थियो । उपाध्यक्ष श्री प्रकाशमणिको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x