साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन कमाउने धुन

Nepal Telecom ad

सानी छँदा सिँगारिन सरम लाग्यो । “जब भयो राती अनि बुढी ताती” भनेझैँ अहिले आएर अचम्मसँग सिँगारिने रहर जाग्यो । मान्छे नै भएर जन्मेपछि कुनै न कुनै कुराले त सिँगारिनै पर्यो । विचार गरेँ, मान्छे कि त गुनले सिँगारिन्छ कि त सुनले । गुनले सिँगारिन बुद्धि चाहियो । बुद्धिको बिर्को बन्द भएका बेकम्माले गुनले सिँगारिने कुरै आएन । त्यसैले सम्झेँ यो गुनले सिँगारिनुभन्दा त सुनले सिँगारिनु सयगुना सजिलो ।

“जति राम्रो, त्यो त्यति चाम्रो” भएझैँ सुन जाडोको ऊनजस्तो जताततै पाइने सस्तो हुँदैन । फेरि महँगीले नुन किन्न कठिन पर्या बेला, सुन सुन्दै डर लाग्ने कुरा कसरी किन्ने ? हुन त गुन कमाउनभन्दा सुन कमाउन पक्कै सजिलो छ । त्यसैले संसारमा गुन भएका मान्छेहरूभन्दा सुन भएका मान्छेहरू धेरै छन् । सुनै सुनले सिँगारिने सजिलो उपाय सोच्न थालेँ । सुनका चक्करमा यो चण्डाल दिमागले चारै चौरास चहार्यो । अन्तमा सुन सोहर्ने स्रोत कतै नभेटेर हार खाई म लोलाउन लागेछु । निराश मेरो अर्धनयनले झल्झलाकार ओलम्पिकमा सुनै सुनको वर्षा देख्यो । धन्य ! ओलम्पिक अब भने आफ्ना अनगन्ती सिँगारिने इच्छाहरू पूरा हुन्छन् ।

म मनमनै मख्ख परेँ । नाथे पौडी खेलेर अमेरिकी माइकल फेल्प्सले फालाफाल स्वर्णपदक पाए । अहिले मलाई डाहा भयो, पहिले थाहा भएको भए, म पनि त भैँसीका आहालमा पौडी खेल्ने राम्रो अभ्यास भएकै खेलाडी हुँ । हाम्रो जस्तो जलस्रोतले ओतप्रोत देशमा, खोला र पोखरीहरू त प्रशस्तै छन् । पौडीखेलमा राजधानीमै अभ्यास गर्न भेल बनेर ढलसहित बागमती, विष्णुमती, टुकुचा र धोबीखोलाहरू स्वच्छन्द बगिरहेछन् । मेरो त्यो आहालभन्दा बेहाल यी ढलमतीहरूमा पौडीको प्राक्टिस गर्ने हो भने माइकल फेलप्स त के उनका हजुरबा आए पनि फ्लप खान्छन् । मैले मनमनै योजना बनाएँ । आगामी ओलम्पिकमा स्वर्णपदक जित्न आजैदेखि प्राक्टिस गर्छु । आठदस स्वर्णपदक त कसो नजितिएला प्रत्येकमा एकएक तोला हुँदा पनि आठदस तोला हुन्छ । अनि त शिरबन्दीदेखि पाउबन्दीसम्म सुनै सुनले ढाकेर मेरो सिँगारिने रहर पूरा हुन्छ ।

खेलकै कुरा गर्ने हो भने, ख्यालख्यालमै हाम्रो देशमा पनि धेरै खेलहरू छन् । जस्तै फुटबल, क्रिकेट, बक्सिङ्ग, कुस्ती …. । फुटबल र क्रिकेटमा प्राक्टिस गरौँ भने खेलमैदानहरू पनि सबै ससानै छन् । तिनै पनि राज्य विभाजनपछि अर्कैअर्कै गणराज्यमा परे भने बिनाबित्थाको रडाको मच्चिएला भन्ने डर । क्रिकेटको छक्का, चौकाले मौका पायो भने वरिपरिका दुईचारओटा गणराज्यमा गमन गर्ला । अनि आआफ्ना राष्ट्रिय अस्मिताका आवाजहरू उठ्लान्, खुँडाखुकुरी र भालाहरू लिएर मान्छेहरू सीमासुरक्षामा जुट्लान् । भो बा ! परेन यो नदुख्या टाउको…. ।

अब आयो बक्सिङ र कुस्तीको कुरा, सानै खेल मैदानमा पनि खेल्न सकिने, धेरै खेलाडीको पनि आवश्यकता नपर्ने । प्राक्टिसै गरेर परिपक्व खेलाडी हुन त खासै समस्या छैन । तर मजस्तो खेलाडीसँग बक्सिङ र कुस्ती खेलौँ न त भनेर को आउने ? प्रतिद्वन्द्वी नै छैनन् । बलिया जति जम्मै विदेश गए । विदेशी कम्पनीले “दसैंँको खसीझैँ” काम दिनेजति छानीछानी र छामीछामी लग्यो । यहाँ भएकासँग खेलौँ भने हाड र छालामात्र बाँकी भएका छन् । त्यस्तासँग खेल्दा उनीहरूको प्राणपखेरु उडेर क्रान्तिकारी भइने डर । बुद्धिचालमा बुद्धि नै छैन । त्यसैले मेरो स्वर्णपदक सोर्होने पौडीबाहेक अर्कोे खेलै भएन । आजैदेखि म आगामी ओलम्पिकको लागि प्राक्टिस सुरु गर्छु । मेरो सानैदेखिको सिँगारिने रहर पनि पूरा गर्छु । तपार्इंको पनि मेरै जस्तो सिँगारिने रहर भए विचार गर्नुस् है ?

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x