साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बिसे नगर्चीको खोजी’

Nepal Telecom ad

काठमाडौँ, २३ माघ । लेखक केशव श्रेष्ठद्वारा लिखित ‘बिसे नगर्चीको खोजी’ नामक गैरआख्यानात्मक कृति सार्वजनिक गरिएको छ । म्याक्स भिजन लि.ले प्रकाशन गरेको पुस्तकलाई नेपाल सङ्गीत तथा नाट््य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्त र अर्थविद् प्रा. विश्वम्भर प्याकु¥यालले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।

पुस्तकको बिक्रीबाट लेखक र प्रकाशकले प्राप्त गर्ने सम्पूर्ण आम्दानी साना लगानीकर्ताको हितार्थ सञ्चालित नाफामूलक अभियान ‘जनउन्नतिका लागि लगार्नीकर्ताहरू’ अक्षयकोषमा प्रदान गरिने छ । उक्त कोषले उद्यम विकासमा संलग्न व्यक्ति वा समूहलाई गच्छेअनुसारको सहयोग गर्ने लक्ष्य लिएको छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहलाई आफ्ना राज्यका दर्जी बिसे नगर्चीले रु एक मार्फत दिएको आर्थिक सल्लाहबाट मुुलुक एकीकरण गर्न सफल भएको विषयलाई जोडेर लेखकले देशमा नगर्ची जस्तै पात्रको खोजी गरेको कुरा उल्लेख गर्नुभएको छ । पुस्तकले मुलुकमा लगानीकर्ताको कमी नभएको बरु सङ्गठित नेतृत्व र इच्छाशक्तिको कमी रहेको आैँल्याएको छ ।

सो अवसरमा कुलपति सरूभक्तले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र व्यावसायिक पक्षलाई समेटिएको ‘बिसे नगर्चीको खोजी’ कृति विशेष गरी केही गर्न चाहने युवाका लागि बढी उपयोगी हुने बताउनुभयो । अर्थविद् डा प्याकुरेलले ज्ञानमा आधारित उद्यमशीलता अगाडि बढाउन पुस्तकले नयाँ व्यवसायीलाई उत्साह थप्ने काम गरेको विचार व्यक्त गर्नुभयो । साहित्यकार तथा पर्यटन व्यवसायी रामकाजी कोने, साहित्यकार श्यामल, पुरूषोत्तम सुवेदी, निमेष निखिल र यादव भट्टराईले पुस्तकले गफभन्दा पनि उद्यम गर्न पाठकलाई प्रेरणा दिएको बताउनुभयो ।

लेखक श्रेष्ठले मुलुकमा आर्थिक विकास नहुनुमा राजनीतिक नेताहरूलाई मात्रै दोष दिएर बस्नुभन्दा आफैँ अग्रसर भई उद्यम गर्नुपर्ने विषयलाई आफूले कृतिमा औँल्याउन खोजेको जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेन नेपाल नामक संस्थामा निर्देशकका रूपमा कार्यरत ४९ वर्षीय लेखक श्रेष्ठका ‘मालती’, ‘जुनी बित्ला र ?’ र ‘विस्थापित सहर’ शीर्षक तीन उपन्यास तथा ‘चौथो प्रहर’, ‘खोज्दै जाँदा तिमीलाई’लगायत शीर्षकका कविता, कथा र निबन्धसङ्ग्रह प्रकाशन भइसकेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x