सुलसुलेकविता गाउँमा साहित्य यात्रा
पोखरा, माघ २६ गते । पोखराको रामघाटस्थित टप्स उच्च माविमा क्रियाशील टप्स सिर्जनशील समूहले कास्कीको लुम्ले कविता गाउँमा दोस्रो टप्स साहित्य यात्रा मङ्गलबार सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययनरत कला, साहित्य, सङ्गीत र संस्कृतिमा रुचि राख्ने विद्यार्थीहरूको सो संस्थाले गत वर्षदेखि हरेक वर्ष विभिन्न ठाउँमा गएर साहित्य रचना गर्नुका साथै चित्र कोर्ने कार्यक्रमका रुपमा टप्स साहित्य यात्रा आयोजना गर्दै आएको छ ।
समूहकी अध्यक्ष स्मृति झाको अध्यक्षतामा भएको कार्यव्रmममा विशेष अतिथि सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक तथा कवि अल्पज्ञानीले टप्सले दिएको सिर्जनशील वातावरणले विद्यार्थीहरूलाई असल नागरिक बन्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
अर्का विशेष अतिथि तथा सम्मोहनकै सम्पादक कवि सुरज उपाध्यायले टप्स सिर्जनशीलले सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै विद्यार्थीहरूको तत्स्थानीय लेखन क्षमताबाट आफू निकै प्रभावित भएको बताउनुभयो । कार्यव्रmममा साहित्य विभागका संयोजक शिक्षक रुपिन्द्र प्रभावी, अतिरिक्त क्रियाकलाप विभागका प्रमुख रमेश शर्मा, शिक्षक सुजन थापा मगर, शिक्षिका मायादेवी पौडेलले पनि रचना प्रस्तुत गर्नुभएको थियो ।
सचिव रेशमा तिवारीको सञ्चालन र उपाध्यक्ष अन्जू गौतमको स्वागतमा भएको कार्यक्रममा निरन्जन गुरुङ, रोहण घले, रोशन गुरुङ, आयुष गुरुङ, समीर तिवारी, अर्जुन अधिकारी, प्रशान्त घले, विमल नेपाली, सुमन त्रिपाठी, रितिका राई, अन्जना गुरुङ, रक्षा ढुङ्गाना, आकृति लामिछाने, भावना लामा, समीक्षा गुरुङ, सरला गोदार, सन्जिता कुँवर, सेजल गुरुङ, स्मृति पुन, सेजल ‘साना’ गुरुङ, सरस्वती विक, खुसी गुरुङ, आँगन थापा, कोपिला गुरुङ, भीमा गुरुङलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
यसअघि विद्यालयका संस्थापक/प्राचार्य रत्नमान गुरुङले यात्राको सफलताको शुभकामनासहित यात्रीहरूलाई बिदाइ गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































