साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिव्यास्त्र

Nepal Telecom ad

कसरी कसरी चतुरचन्द्र चतुर्वेदीले एम ए को प्रमाणपत्र हात लगायो । उसको पनि रहर थियो– बाइक हाँकेर क्याम्पस जाने र समाजमा ‘लेक्चरर’ को पदको रवाफ देखाउने । छिमेकी मित्रको इज्जत र समाजमा उसको हैशियत देखेर ऊ मनमनै डाहको राप र तापले भुतुक्क हुन्थ्यो । चतुरेबाट ‘चतुर्वेदीजी’ बन्ने अभीप्सा उसमा जन्मियो । ‘नमस्कार सर’ खान लालायित भयो ।

संजोगले साथ दियो । क्याम्पस पुब्लिक । सञ्चालक समितिको अध्यक्ष ससुराको मित अनि विद्यार्थी संगठनको नेता उसकै सालो । आयो चतुरेको पालो ! कलेजमा नलेज वितरण कसरी हुन्छ भन्ने कुरा उसलाई कण्ठ थियो । अपवादलाई छोडेर हरेक प्राध्यापकको झोलामा ‘दिव्यास्त्र’ हुन्थ्यो । पन्चायत कालको दिव्यास्त्र गणतन्त्रमा पनि उपयोगी । त्यो तरिका उसले नजान्ने कुरै आएन । बजारमा गएर आकर्षक डायरी किन्यो । पाठ्यपुस्तक चिन्यो । भकाभक सार्यो । केही गाइड र गेस पेपर पनि हितैषी मित्र बने । अर्को क्याम्पसमा पढाउने अलि ल्याकत भएको मित्रको डायरी पनि ल्यायो । जसो गर्न पनि भ्यायो ।

“ल लेखौं, लेखेपछि बुझिन्छ ।” कक्षामा प्रवेश गर्ने बितिक्कै लेखाउन थाल्ने । अलि बुझ्न चाहने, व्याख्या खोज्ने विद्यार्थी यसो केही भन्न खोजे उसको पारा चढ्ने । “बढी जान्ने न हो ?” सोझै सालोले यस्ता इमान्दार र पढ्न भनेर आएका विद्यार्थीको सातो लिन्थ्यो ।

“केटा हो, बढी बाठो हुने हैन नि ! मेरो भिनाजु जस्तो योग्य र इमान्दार गुरु यो सन्सारमै छैनन् ।” सबै थर्कमान ।

एक दिन अलि निन्यारो मुख बनाएर चतुरे कक्षामा आयो । “लेख लेख” भनेन । यता उताका कुरा गर्न थाल्यो । नीदा फाजली र सुशील दा, नाकाबन्दी, भूकम्प, अनि केही जोक सुनाएर समय बिताउने छाँट देखायो ।

“सर, आज नलेखाउने ?” एउटा चेलो करायो ।
“बाबु, आज मेरो दिव्यास्त्र हरायो !” नरम स्वरमा बोल्यो चतुरे ।

त्यो साल क्याम्पसको वार्षिक उत्सवमा उसलाई ‘सर्वोत्कृष्ट’ प्राध्यापकको सम्मान प्रदान गरियो । घर आएर चतुरेले सम्पूर्ण “डायरी“ एकठाउँमा राखेर पूजा गर्यो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x