साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेल यज्ञमा

Nepal Telecom ad

थियो लाम लामै भरूँ तेल भन्दा
मियो छैन जस्तो नियालेर गन्दा
नलागूँ कहाँ तेल पाइन्न फेरि
म लागूँ कहाँ खै निकै लाम हेरी ।।

छिरूँ सुट्ट आफू अरू झैँ सबेरै
फिरूँ झट्ट चाडो भरी तेल धेरै
यही भावनाले पसेँ लामभित्र
पुगेँ अन्त्यमा नै म लाटो विचित्र ! ।।

थिए अग्रवर्ती कयौँ मित्र जस्ता
कतै भक्त साक्षात् मठाधीश जस्ता
जटाजूट मुन्द्रा कतै ब्रह्मचारी
तिनैको इसारा सबै लामपारि ।।

झरी मेघ वर्षा सबै ताप खप्दै
बसेँ मौनमा तेलको मन्त्र जप्दै
छुटाएँ कयौँ काम जो माम दिन्थे
तिनै दृश्य हेर्दै त्यहाँ जे गरिन्थे ।।

म हेर्थेँ कयौँ भक्त छिर्थे सुटुक्क
सुधापान गर्ने गरी झैँ घुटुक्क
उही दृश्य देखेँ तिनै भक्त जस्ता
जहाँ अर्चनाको थियो खात दस्ता ।।

पुगे सामु कोही अहो ! चण्ड मुण्ड
सबै थर्थरायो अनौठो छ दण्ड
जहाँ साधु जस्ता तिनैमाथि दण्ड
कतै क्रोधको ताप आफै प्रचण्ड ! ।।

न सर्थ्यो कतै लाम आफ्नो अचम्म !
न गर्थ्यो कुनै पक्षले न्याय सम्म
बिताएँ रमाएँ जपी दिव्य मन्त्र
तिनै भक्तको भो सबै यज्ञ तन्त्र ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x