साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाहा छ ?

Nepal Telecom ad

‘तपाईं के काम गर्नुहुन्छ ?’
सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’

डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर सोधे— ‘जागिर, व्यापार आदि केही काम गर्नुहुन्छ होला नि ?’
हाँस्दै उसले भन्यो— ‘मैले तास खेल्नेबाहेक अरु केही काम गर्दिनँ ।’

डा. शर्माले सोच्न थाले— यसले पढेलेखेको पनि छैन, जागिर पनि खाँदैन, व्यवसाय पनि गर्दैन । भनेपछि यसले कसरी यति रवाफिलो जीवन बिताएको छ त ?

‘आम्दानीको स्रोत के होला तपाईंको ?’ डा. शर्माले आफ्नो निदिखुदि गर्ने बानी देखाए ।

उसले गर्वसाथ भन्यो— ‘भाडा खान्छु । पैंसट्ठी वटा सटरसहितका पाँचवटा घर भाडामा लगाएको छु ।’

हुँदाहुँदा डा. शर्माले पुलिसले झैं पो सोधखोज गर्न थाले— ‘राम्रो कमाउनुभएको रहेछ । कसरी छिट्टै प्रगति गर्नुभयो ?’

उसले उल्टै डा. शर्मालाई प्रश्न ग¥यो— ‘हजुरलाई सी माला थाहा छ ?’
डा. शर्माले दायाँबायाँ टाउको हल्लाए ।

ऊ अझ उक्सियो— ‘प्राचीन ब्रिटिस रक्सीको बोतलको मूल्य थाहा छ ?’
डा. शर्मा छक्क परे ।

‘गैंडाको खाग, कस्तूरीको नाभि, ठूलो हुचिलको मूल्य थाहा छ ?’
डा. शर्मा दङ्ग परे ।

‘यार्सागुम्बा, पाँचऔंले, कुट्कीबारे थाहा छ ? एकमुखे रुद्राक्षको मूल्य थाहा छ ? केराको युगल बुङ्गामा एकमुखे रुद्राक्ष कहिले हुन्छ, थाहा छ ?’
डा. शर्मा चित खाए ।

‘चम्किने गह्रौं पत्थर चिन्नुहुन्छ ? प्राचीन छालाका सिक्काको मूल्य थाहा छ ? कालो सुन थाहा छ ? करोडौं पर्ने चिरुको रौँ थाहा छ ?’

डा. शर्मा अक्क न बक्क भए र भने— ‘थाहा छैन ।’
उसले छाती फुलाएर भन्यो— ‘मलाई थाहा छ !’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x